१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

१० माघ २०७३, सोमबार ०६:३३

माघ १०, पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ । 

रु दुई करोड पु¥याउने मुख्य लक्ष्यका साथ सुरु गरिएको सो कोषमा सहारा क्लब बुद्धिस कमिटी सेन्टर युकेद्वारा रु पाँच लाख २५ हजार र सहारा अस्ट्रेलियाबाट रु तीन लाख ५१ हाजर प्राप्त भएको हो । 

सहारा क्लब पोखराद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङ र सहारा अस्टे«लियाका अध्यक्ष राजमान थकालीले सामूहिक रुपमा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको माध्यमबाट क्लबले कठिन परिस्थितिका बालकको शारीरिक एवम् मानसिक विकासका लागि एकेडेमी सञ्चालन गर्नु प्रशंसनीय भएको बताउनुभयो । 

सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले क्लबले एकेडेमी सञ्चालन गर्दै सामाजिक सेवाका क्षेत्रमा गरेको योगदान सबैका लागि अनुकरणीय भएको बताउनुभयो । 

क्लबका अध्यक्ष वीरभद्र आचार्यले देश विदेशमा रहेका सहयोगी मनका कारण नै एकेडेमी सञ्चालन गर्न सकिएको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोष सुरु गरिएको बताउनुभयो । 

कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, क्लबका उपाध्यक्ष केशवबहादुर थापा, महासचिव केशव बराल, कुशाङ्क गुरुङलगायतले सहारा क्लबले सुरु गरेको अक्षयकोषबाट एकेडेमीको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सोही कार्यक्रमा आहा रारा गोल्डकपका लागि द्वितीय पुरस्कारको प्रायोजन गरेका सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले रु दुई लाख ५१ हजारको चेक पनि हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह