2026-09-19 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सहिद दशरथचन्द स्मृती यू १९ मा त्रिलोचन र एकेडेमी विजयी

(सास)/माघ १०, बैतडी । बैतडीमा जारी सहिद दशरथचन्द स्मृती यू १९ आमन्त्रण क्रिकेट प्रतियोगितामा त्रिलोचन क्रिकेट क्लव र आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लव विजयी भएका छन । सोमवार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा एनआरवाईसी बठ्ठालाई ४ विकेटले पाखा लगाउदै त्रिलोचनले पहिलो जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ्ग रोजेको बठ्ठाले सुनिल चन्दको ३५ रनको मद्दतले २४ दशमलव ४ ओभरमा १४७ रन बनायो । त्रिलोचनका युवराज जोशीले ३ विकेट हात पारेका थिए । १४८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको त्रिलोचनले २१ दशमलव २ ओभरमा ६ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । अनिल पुजाराले ४४ तथा युवराज जोशीले ३९ रनको योगदान गरेका थिए । 

बठ्ठाका लागी तिलक चन्दले ६ विकेट हात पारेपनि हार टार्न सकेन ।  ब्यक्तिगत ३९ रन तथा ३ विकेट हात पार्ने त्रिलोचनका युवराज जोशी म्यान अफ द म्याच घोषित भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

 उता बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा जगन्नाथ क्रिकेट क्लवलाई १३ रनले स्तब्ध पार्दै प्रतियोगिताबाटै बाहिरिसकेको आयोजक दशरथचन्द एकेडेमी क्रिकेट क्लवले सान्त्वना जित हात पारेको छ । 

टस जितेर ब्याटिङ्ग गरेको एकेडेमीले उत्तम चन्दको सर्वाधिक ३२ तथा अभिषेक चन्दको २० रनको मद्दतले १७ दशमलव ५ ओभरमा  १२९ रन बनाएको थियोे ।

जगन्नाथका मनोज ऐरीले ४ विकेट हात पारेका थिए ।

१३० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको जगन्नाथ २२ दशमलव ५ ओभरमा ११६ रनमा अलआउट हुन पुग्यो । भुवन महरले २५ रन बनाएपनि हार टार्न सकेन । जगन्नाथको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच घोषित भएका एकेडेमीका अभिषेक चन्दले ६ विकेट हात पारेको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्र्तगत मंगलवार पनि दुई खेल हुने भएका छन ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने खेलमा योङ्ग स्टार क्रिकेट क्लव मेलौलीले एनआरवाईसी बठ्ठाको सामना गर्दा बुढाबाजे क्रिकेट मैदानमा कालाशैनी क्रिकेट क्लवले त्रिपुरा क्रिकेट क्रिकेट क्लबसंग प्रतिस्प्रर्धा गर्ने भएको छ । 

सहिद दशरथचन्द स्मृती प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा ८ टीमको सहभागिता छ । प्रतिष्ठानको २२ औं बार्षिकोत्सव तथा सहिद दिवस २०७३ उपलक्ष्यमा आयोजना गरिएको  प्रतियोगिता एकदिवसिय क्रिकेट फर्मेट अनुसार ४० ओभरको भईरहेको छ ।

बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार ट्रफी र प्रमाणपत्र , द्वितियलाई नगद २५ हजार ट्रफी र प्रमाणपत्र दिईने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

छ। यस्तै म्यान अफ द सिरिज एक जनालाई नगद पाँच हजार प्रदान गरिने जनाएको छ  । सहिद दशरथचन्द स्मृती प्रतिष्ठानले वि स २०५३ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको प्रतियोगिताले बैतडीवाट उमेर समुहका लागी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादनका साथै क्षमता अभिवृद्घि गर्न सहयोग पुग्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई