माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतला"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब रोजगारीको लागि भारत जानेले पनि सरकारसंग अनुमति लिनुपर्ने, बिमा पनि गरिने

११ माघ २०७३, मंगलवार १२:००

माघ ११, काठमाडौं । नेपालबाट भारतमा रोजगारीको लागि जाने लाखौँ नेपालीहरुको कुनै सुरक्षा वा बिमा नगरिएको कारण अहिलेसम्म असुरक्षित हुँदै आएकोमा अब भने सरकारले भारतलाई पनि बैदेशिक रोजगारीको मान्यता दिंदै ब्यबस्थित गरिने जनाएको छ ।

सरकारले यो नीति एक महिना भित्रै कार्यबिधि बनाई कार्यान्वयनमा लगिने जनाएको हो । आज प्रधानमन्त्री प्रचण्ड सहित परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङले भारतलाई बैदेशिक रोजगारीको रुपमा हेर्दै नयाँ व्यवस्था गरिने घोषणा गरेका हुन् । घोषणा अनुसार रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनुपर्ने छ । साथै भारतमा रोजगारीको लागि जानेले पनि बीमामा ५ लाखको घातक रोग बीमा गर्नुपर्नेछ । जसमा क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगहरु छन् ।

प्रधानमन्त्री प्रचण्डले भारतमा रोजगारीका लागि जाने नेपाली नागरिकले सिमामा पर्ने सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनु पर्नेछ । यही प्रक्रिया हुँदै जाँने नेपालीहरु यस्तो प्रक्रियाबाट भारत जाँदा सुरक्षित हुनेछन । त्यस्ता नागरिकहरुलाई सिमा पार गर्नु अघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी गराउँनेछ भने त्यस पछी मात्र भारतमा काम गर्न जाने अनुमति पत्र दिनेछ । साथै भारत जाने नागरिकले साढे १२ लाखको म्यादी जीवन बीमा समेत गर्नेछन । त्यसरी भारत गएका नेपालीको यदी कुनै कारण भारतमै मृत्यु भएमा पीडित परिवारलाई बीमा बापत वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख प्रदान गरिनेछ । त्यस्तै घातक रोग लागेर मृत्यु नभएको तर, शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्च बाहेक बीमाबाट १३ लाखसम्म पाउनेछन् । 

भारतमा काम गर्न गएका नागरिकलाई घातक रोग लागेको प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह