१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रहरीले अुसन्धानमा चासो नदिएको आरोप

११ माघ २०७३, मंगलवार १४:२५

दिनेश ठकुल्ला/माघ ११, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४ किर्तिपुरमा लाग्ने माघि मेलामा यहि माघ ३ गते भएको झडपमा सोही नगरपालिका वडा नं. २ निम्दि बस्ने तेज बहादुर मल्लका २३ वर्षिय छोरा चन्द्रप्रकाश मल्लको मृत्यु भएको घटनालाई प्रहरीले गम्भिरतापूर्वक नलिएको आफन्तहरुले आरोप लगाएका छन् ।

मेला हेर्न गएको बेला भएको झडमा परि घाईते भएका मल्ल घाईते भएका थिए । उनलाई घरेलु हतियारले आक्रमण गरिएको आफन्तले जानकारी दिएका छन् । घाईते भएका मल्ललाई उपचारका लागि नेपालगंज लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि लखनऊ लगिएको र उपचार गराईरहेको अवस्थामा माघ ७ गते मृत्यु भएको मृतकका बुवा तेज बहादुर मल्लले बताउनुभयो ।  

सोही घटनामा परि अन्य दुईजना समेत घाईते भएका थिए । उनिहरु उपचारपछि घर फर्किएका छन् । घाईते हुनेमा ललित भण्डारी र दुर्गा पुलामिमगर रहेका छन् । घाईतेहरुले दिएको बयानको आधारमा ६ जना विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरी एक जना मात्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नं. ४ किर्तिपुरका चन्द्रकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विक्रम चन्दले जानकारी दिएका छन् । उनले फरार रहेका अन्य पाँच जना भागेर भारततर्फ गएको सूचना आएकोले तिनिहरुको खोजिकार्य भैरहेको बताउनुभयो ।

फरार रहेकाहरुमा किर्तिपुर बस्ने बसन्त चौधरी, गाविन्द चौधरी, भुकाली चौधरी, शिवशंकर चौधरी र मनिराम चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब निरिक्षक प्रकाश बोहराले जानकारी दिए । 

प्रहरी नायब निरिक्षक बोहराले फरार अभियुक्तहरु लुकेर बस्न सक्ने स्थानको खोजी भैरहेको बताउँदै फरार अभियुक्तका आफन्त र इष्टमित्रहरु संग सोधखोज गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै