प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

किन बसिन् त यी बालिका यसरी छुट्टै ?

११ माघ २०७३, मंगलवार १७:५१

प्रभात सुवेदी । मघ ११, बर्दिया ।

खाली खुट्टा, माघ महिनाको पहारीलो घाम । उनी एक्लै थिइन् । विद्यालय समयमा कक्षाकोठामा नबसेर बाहिर फिल्डमा बसेर केही पढेको जस्तो देखिन्थ्यो दृश्य । आफ्नो भविष्य निर्माणका लागि विद्यालयमा शिक्षा लिन आएकी यी बालिका किन यसरी कक्षाकोठामा नबसेर एक्लै बाहिर बसिन् त ? सबैको चासोको विषय हुन सक्छ ।

 

यो दृश्य गुलरिया स्रोतकेन्द्र अन्तर्गत नि.मा.वि. क्षेत्र स्तरीय हिसाब दौड तथा हाजिरी जवाफ प्रतियोगिताको छनोट चरणका लागि गरिएको खेलकुद अन्तर्गत हिसाब दौडमा सहभागी भएकी छात्राको हो ।

बालबालिकाको मानसिक तथा शारीरिक स्वस्थताले पठनपाठनमा प्रभाव पार्ने भएकाले आज आयोजना गरिएको प्रारम्भिक छनोट चरण्को खेलकुदमा जम्मा १२ ओटा विद्यालयहरुको सहभागीता रहेको थियो ।


प्रतियोगितामा छात्रा हिसाव दौडतर्फ कोटही मा.वि. कि सपना पाण्डे, भानोदय नि.मा.वि. कि सलिना पाण्डे, कोठीया प्रा.वि. कि नितु थारु र नारायणनाथ प्रा.वि. कि चाँदनी सुनार क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।  यसैगरी छात्रतर्फ बाल मन्दिर प्रा.वि. का शिव ज्ञवाली, कोटही मा.वि. का गणेश गोडिया, बालापुर प्रा.वि. का शिव चौधरी र धु्रब मा.वि. का टाइसननाथ योगी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन । 

यसैगरी आजै सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा धु्रब मा.वि. तुलसीपुर, ने.रा.नि.मा.वि. सुहेलवा, वगलामुखी मा.वि. गुलरिया र कोटही मा.वि. गुलरिया क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।


आजको कार्यक्रममा विजयी हुने बालबालिका तथा विद्यालयले आगामी १७ गते स्रोत केन्द्र गुलरिया स्तरीय प्रतियोगितामा सहभागीता जनाउने अवसर पाउने स्रोत व्यक्ति विमला गुरुङ्गले बताउनुभयो ।

प्रतियोगितामा विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण गर्नुहुँदै आतिथ्य विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्रबहादुर थापाले क्षेत्र स्तरीय प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएकोमा स्रोतकेन्द्रप्रति आभार व्यक्त गर्नुभयो । प्रतियोगितामा सभागी विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरु, आतिथ्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै