दिनेश ठकुल्ला/माघ १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३० हजार नगरबासी लाभान्वित भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३० हजार नगरबासी लाभान्वित भएका छन् ।"/>
2026-09-19 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

शिवनगर खानेपानी आयोजनाको उद्घाटन राष्ट्रपतिले गर्ने

दिनेश ठकुल्ला/माघ १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३० हजार नगरबासी लाभान्वित भएका छन् । 

१८ करोड १२ लाख २६ हजार रुपिया लागतमा बनेको आयोजनाबाट वडा नम्बर १, ५, ७ र ८ का स्थानीयको घर–घरमा शुद्ध खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपाल सरकार एडीबी ग्रान्ट तथा उपभोक्ताको लगानी र नगर विकास कोष ऋणबाट निर्माण भएको खानेपानीको यहि माघ १४ गते एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु हुने समितिका अध्यक्ष नारदमुनी रानाले जानकारी दिनुभयो । 

सन २०१२ जनवरीबाट निर्माण सुरु भएको शिवनगर खानेपानी आयोजना २०१५ मा सम्पन्न भएको थियो । आयोजना अन्तर्गत दुई वटा डिप ट्युबेल, ४५० घनमिटरको एक ओभर हेड र ३०० घनमिटरको सतही ट्याङ्की (प्रशोधित पानी भण्डारण ट्याङ्की) निर्माण भएको समितिले जानकारी दिएको छ । त्यस्तै, तीन वटा प्रेसर फिल्टर प्लान्ट र १० ठाउँमा फायर हाईड्रेन्ट (अग्नी नियन्त्रक) रहेको समितिका अध्यक्ष रानाले जानकारी दिनुभयो । 

उहाले शिवनगर खानेपानी आयोजनाले नेपाल सरकारको मापदण्ड अनुसारको गुणस्तरीय पानी उपभोक्ताको घरमा पु¥याइ रहेको भन्दै धनगढीको खानेपानी संस्थान भन्दा कैयौं गुणा शुद्ध खानेपानी वितरण गरिरहेको दावी गर्नुभयो । ‘यो आयोजनाले प्रशोधित पानी उपभोक्ताको घरमा पु¥याइरहेको छ’, उहाले भन्नुभयो–‘यसको पानी खानेपानी संस्थानको तुलनामा कैयौं गुणा शुद्ध छ ।’

अध्यक्ष रानाका अनुसार वैकल्पिक व्यवस्थाका लागि साढे सात लाख लिटर पानी भण्डारण रहने व्यवस्था समेत गरिएको छ । कुनै भैपरी समस्या आएमा विकल्पको रुपमा भण्डारण भएको पानी उपभोक्तालाई वितरण गरिने जनाइएको छ । 

आयोजना अन्तर्गत दुई हजार ४४ घरधुरीमा धारा जडान भएका छन् । खानेपानी आयोजनाले २९१ गरिब घरधुरीलाई धारा तथा २४४ घरधुरीलाई शौचालय निर्माणमा सहयोग समेत गरेको जनाइएको छ । 

अध्यक्ष रानाले गौरवशाली योजनाको रुपमा शिवनगर खानेपानी आयोजना तयार भए पनि डिजाइनरले मर्मतको पाटोमा भने कमिकमजोरी गरेको बताउनुभयो । शिवनगर खानेपानी आयोजनाको पानी तेस्रो तल्लामा राखिएको ट्याङ्कीमा समेत मोटरको प्रयोगबिनै भरिने गरेको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई