दिनेश ठकुल्ला/माघ १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३० हजार नगरबासी लाभान्वित भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/माघ १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३० हजार नगरबासी लाभान्वित भएका छन् ।"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

शिवनगर खानेपानी आयोजनाको उद्घाटन राष्ट्रपतिले गर्ने

१२ माघ २०७३, बुधबार ०७:४५

दिनेश ठकुल्ला/माघ १२, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाबाट ३० हजार नगरबासी लाभान्वित भएका छन् । 

१८ करोड १२ लाख २६ हजार रुपिया लागतमा बनेको आयोजनाबाट वडा नम्बर १, ५, ७ र ८ का स्थानीयको घर–घरमा शुद्ध खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपाल सरकार एडीबी ग्रान्ट तथा उपभोक्ताको लगानी र नगर विकास कोष ऋणबाट निर्माण भएको खानेपानीको यहि माघ १४ गते एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु हुने समितिका अध्यक्ष नारदमुनी रानाले जानकारी दिनुभयो । 

सन २०१२ जनवरीबाट निर्माण सुरु भएको शिवनगर खानेपानी आयोजना २०१५ मा सम्पन्न भएको थियो । आयोजना अन्तर्गत दुई वटा डिप ट्युबेल, ४५० घनमिटरको एक ओभर हेड र ३०० घनमिटरको सतही ट्याङ्की (प्रशोधित पानी भण्डारण ट्याङ्की) निर्माण भएको समितिले जानकारी दिएको छ । त्यस्तै, तीन वटा प्रेसर फिल्टर प्लान्ट र १० ठाउँमा फायर हाईड्रेन्ट (अग्नी नियन्त्रक) रहेको समितिका अध्यक्ष रानाले जानकारी दिनुभयो । 

उहाले शिवनगर खानेपानी आयोजनाले नेपाल सरकारको मापदण्ड अनुसारको गुणस्तरीय पानी उपभोक्ताको घरमा पु¥याइ रहेको भन्दै धनगढीको खानेपानी संस्थान भन्दा कैयौं गुणा शुद्ध खानेपानी वितरण गरिरहेको दावी गर्नुभयो । ‘यो आयोजनाले प्रशोधित पानी उपभोक्ताको घरमा पु¥याइरहेको छ’, उहाले भन्नुभयो–‘यसको पानी खानेपानी संस्थानको तुलनामा कैयौं गुणा शुद्ध छ ।’

अध्यक्ष रानाका अनुसार वैकल्पिक व्यवस्थाका लागि साढे सात लाख लिटर पानी भण्डारण रहने व्यवस्था समेत गरिएको छ । कुनै भैपरी समस्या आएमा विकल्पको रुपमा भण्डारण भएको पानी उपभोक्तालाई वितरण गरिने जनाइएको छ । 

आयोजना अन्तर्गत दुई हजार ४४ घरधुरीमा धारा जडान भएका छन् । खानेपानी आयोजनाले २९१ गरिब घरधुरीलाई धारा तथा २४४ घरधुरीलाई शौचालय निर्माणमा सहयोग समेत गरेको जनाइएको छ । 

अध्यक्ष रानाले गौरवशाली योजनाको रुपमा शिवनगर खानेपानी आयोजना तयार भए पनि डिजाइनरले मर्मतको पाटोमा भने कमिकमजोरी गरेको बताउनुभयो । शिवनगर खानेपानी आयोजनाको पानी तेस्रो तल्लामा राखिएको ट्याङ्कीमा समेत मोटरको प्रयोगबिनै भरिने गरेको समितिले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै