2026-07-11 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा युवा स्वरोजगार कोषबाट दिएको क्रृण असुली भएन

2017-01-25

सम्राट सिंह/माघ १२, बझाङ । नेपाल सरकारको अर्थ मन्त्रालय अन्र्तगत युवा स्वरोजगार कोषबाट दिएको क्रृण असुली भएको छैन । 

क्रृण समितिले हचुवाका भरमा व्यवसाय नगर्नेलाई क्रृण लगानी गरेकाले असुली नभएको हो । जिल्ला कृषि विकास बैंक मार्फत बाख्रापालन,खुद्रा व्यापार,फर्निचर उद्योग,सिलाईकटाई पसल तथा कृषि व्यवसायका लागि क्रृण लगानी गरेको थियो ।

२०६९ साल मंसिर महिनामा युवा स्वरोजगार तालिम लिएका १ सय ७४ जनालाई प्रतिव्यक्ती ५४ हजार ५ सयका दरले क्रृण लगानी गरेको जिल्ला कृषि विकास बैंकका सहायक प्रबन्धक बिरेन्द्र सिंह महताले बताए । क्रृण लगेका क्रृणीहरुले व्यवसाय नै नगरेकाले क्रृण असुली गर्न गाह्रो भएकोे महताको भनाइ छ ।

जिल्लामा १ सय ७४ जनाले क्रृण लिएको भएपनि ३८ जनाले नियमित क्रृणको किस्ता र ब्याज बुझाउने गरेको र बाँकी १ सय ३६ जना क्रृणीहरु भने क्रृण लिएको एक बर्ष पुगिसक्दा समेत जिल्ला कृषि बैंकको सम्पर्कमा पनि आएका छैनन् ।

क्रृणीले प्रत्येक बर्ष ब्याज र किस्ता १० हजार ९ सय नियमित बुझाउनु पर्ने र ५ बर्षसम्म सम्पूर्ण रकम तिरिसक्नुपर्ने सम्झौतामा कृषि विकास बैंक मार्फत क्रृण लगानी भएको थियो । युवालाई लक्षित गरी युवालाई व्यवसायिक बनाउने उद्येश्यले दिएको क्रृणमा नियमित ब्याज र साँवा बुझाउने क्रृणीलाई ब्याजको ६० प्रतिशत रकम फिर्ता गर्ने उल्लेख गरेको थियो । 

जिल्ला कृषि विकास बैंकले क्रृण असुलीका लागि पटक पटक ताकेता गरेको भएपनि क्रृणीहरुले वास्ता नगरेका कारण क्रृण असुली नभएको जिल्ला कृष विकास बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस