२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा जाइकाको लगानी बालुवामा पानी

२०७३, १२ माघ बुधबार ०९:४९

सम्राट सिंह/माघ १२, बझाङ । बझाङ जिल्लामा विद्युत मर्मतका नाममा जाइकाले गरेको लगानी बालुवामा पानी भएको छ । 

२ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको लगानी बालुवा पानी भएको हो । मर्मत गर्नुपूर्व केहि समय बत्ती त आउन्थ्यो जाइकाले ८६ करोड खर्चेर विद्युत मर्मत गरेपश्चात झनै बत्ती नआउने गरेको जयपृथ्वी नगरपालिकाका चन्द्र सिंहले बताए । कमिसनतन्त्र ले नै विद्युत धरासायी बनेको उनको भनाइ छ ।

गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेर फिर्ता भएकोे जापानी निमार्ण कम्पनी मारुसिन सिताकाले मर्मत गरेको ५ महिना नबित्दै विद्युत सेवा अवरुद्ध हुन थालेको छ ।

पुनः निर्माण भए जाइकालाई काम गर्न दिने र मर्मत मात्र भए जाइकालाई कामै गर्न नदिने सर्बदलिय निर्णय समेत भएको थियो । तर राजनितिक दलका नेताहरु कसरी जाइकालाई मर्मत गर्न दिने सम्म पुगेछन सोचनिय बिषय बनेको छ ।  

जाइकाले सुर्मादेवि विद्युत मर्मतमा गरेको लगानीले ५ किलोवाट विद्युत नयाँ निर्माण गर्न सकिने प्राधिकरणका कर्मचारीहरु बताउँछन । 

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका का केहि वडाहरु का बासिन्दाका लागी २०४९ सालमा जापान सरकारको सहयोगमा निमार्ण गरिएको सुर्मादेवी साना जलविद्युत आयोजनाको जापान सरकारको अनुदानमा मर्मत भएको थियो ।

तोकीएको सबैकाम सम्पन्न नगरी विचैमा काम छोडेका कारण विद्युत सेवा नियमित गर्न नसकिएको सुर्मादेवि विद्युत प्रालिका कर्मचारीको भनाइ छ ।

मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बांधबाट इन्टेकमा पानी पठाउने ठांउमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत नियमित हुन नसकेको स्रोतको भनाइ छ । 

निमार्ण सम्पन्न भएको २ महिना जती दैनिक ७ घण्टा लोडसेडिङ हुने गरेको यहांको विद्युत मर्मत पछि दैनिक १७ घण्टा सम्म लोडसेडिङ्ग हुने गरेको छ । विद्युत नियमित नआउदा सरकारी कार्यालय,व्यापार र उद्योग व्यवसायी प्रभावित भैरहेको नागरिक अगुवा धर्मजंग बहादुर सिंहले बताए । 

ठूलो रकम खर्चेर मर्मत गरेको विद्युत नियमित नहुनु दुःखको कुरा भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।  निमार्ण कम्पनी र प्राधिकरण लाई विद्युतको विषयमा जानकारी गराई पक्रिया अगाडि बढाउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ