१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

संचारविहिन सुगम जिल्लाको दुर्गम गाविस

१३ माघ २०७३, बिहीबार ०९:३७

माघ १३, कैलाली । सुगम मानिने कैलाली जिल्लाको खैराला गाविसमा विकासका आधारभूत पूर्वाधारहरु समेत पुग्न सकेका छैनन् । सडक, विद्युत नपुगेको गाविसमा स्थानीयले संचार सेवा समेत उपभोग गर्न पाएका छैनन् ।

सुन्तला, अदुवा उत्पादनका दृष्ट्रिले उर्वर मानिने खैरालामा विकासका थुपै्र संभावना भए पनि स्थानीयबासिन्दाले राज्यले दिने आधारभूत सुविधाहरु समेत उपभोग गर्न पाएका  छैनन् । जिल्लाका ६ वटा पहाडी गाविसका अधिकांश गाउँको एउटै समस्या छ टेलिफोन नलाग्ने । 

पहाडी गाविसमध्ये पनि संचारको समस्या सबै भन्दा बढी खैराला गाविस छ । जहाँ टेलिफोन सेवा छैन भन्दा पनि फरक पर्दैन । नेपाल टेलिकमको पोष्ट पेड, प्रिपेड नम्बर तथा एनसेलको नेटवर्कले काम गर्दैन । अलि उँचो ठाउँमा टेलिकमको स्काई फोनले मात्रै काम गर्छ, त्यो पनि राम्रोसंग नेटवर्क टिप्दैन ।

मोबाईल नेटवर्क नटिप्ने हुँदा समस्या भएको खैराला गाविस–९, बसन्तपुरका उत्तम साउँदले बताउनुभयो । ‘एकातिर गाउका बस्ती टाढा–टाढा छन् । अर्कोतिर फोन सेवा छैन ।’ गाविसको कुनै एउटा वडामा केही घटना भए अर्को वडामा खबर गर्न घण्टांै हिड्नु पर्छ ।’

गाविसमा नेपाल टेलिकम, एनसेललगायत मोबाईल सेवा प्रदायक कम्पनीका टेलिफोन टावर छैनन् । फोन सेवा विस्तारका लागि कम्पनीहरुले चासो नदेखाएका स्थानीयको भनाई छ । खैराला गाविस–६, सल्लेकाँडास्थित जनता प्राविमा प्रधानाध्यापक शम्भु यादवले कहीं स्काई नम्बरले फोन टिप्ने उल्लेख गर्दै भने–‘घरभित्र टिप्दैन । फोन गर्न अलि अग्लो ठाउँमा जानुपर्छ ।’

गाउँमा नयाँ आउने पाहुनाको त्यहाका बासिन्दासंग एउटै प्रश्न हुन्छ फोन टिप्दैन ? टेलिफोन टावर निर्माणका लागि विभिन्न निकायमा माग गर्दै आएको तर अहिलेसम्म सुनुवाई नभएको खैराला गाविस–४, का डिलबहादुर गुरुङले बताउनुभयो ।

एकिकृत घुम्ती शिविर संचालनका क्रममा खैराला पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, स्थानीय विकास अधिकारी केशबप्रसाद बिमलीलगायत उच्च पदस्थ अधिकारीको टोलीसंग पनि खैरालाबासीले टेलिकम सेवा विस्तार गरिदिन माग गरेको थिए । 

प्रमुख जिल्ला अधिकारी रिजालले खैरालामा टेलिकम सेवा विस्तारका लागि नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय कार्यालयसंग समन्वय गर्ने आश्वासन दिनुभयो ।

 सुचना प्रविधिको क्षेत्रमा विश्वले चामत्कारिक फड्को मारिरहेको बेला खैरालाका बासिन्दाहरुले सामान्य टेलिफोन सेवा पनि प्रयोग गर्न पाएका छैनन् । दुर्गम क्षेत्रमा पनि आफ्नो सेवा विस्तारमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै