ताराबहादुर महत । माघ १३, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधिमा दोलखा जिल्लाले ५५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ४ अर्ब ५९ करोड ९९ लाख ३८ हजार ९ सय ६४ रुपैँयामध्ये ३ अर्ब २४ करोड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । माघ १३, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधिमा दोलखा जिल्लाले ५५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ४ अर्ब ५९ करोड ९९ लाख ३८ हजार ९ सय ६४ रुपैँयामध्ये ३ अर्ब २४ करोड"/>

2026-07-11 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६ महिनाको अवधिमा ५५ प्रतिशत खर्च केन्द्रभन्दा जिल्ला अगाडि

2017-01-26

ताराबहादुर महत । माघ १३, दोलखा । चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधिमा दोलखा जिल्लाले ५५ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । 

जसमा चालु अख्तियारी ४ अर्ब ५९ करोड ९९ लाख ३८ हजार ९ सय ६४ रुपैँयामध्ये ३ अर्ब २४ करोड ९१ लाख ३२ हजार ३ सय ३३ रुपैँया ( ७०.६३ प्रतिशत) खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) दोलखाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । त्यसैगरी पुँजिगततर्फ १ अर्ब ३३ करोड ८३ लाख ५८ हजार रुपैँया अख्तियारी पाएकोमा ३४ करोड ७५ लाख ५० हजार ९ सय १२ (२५.९७ प्रतिशत) भएको प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटीले बताउनुभयो । गत पौष मसान्तसम्म जिल्लामा चालु र पुँजिगत गरेर कुल बजेटको ५४.७१ प्रतिशत खर्च भएको कोलेनिका दोलखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल सरकारको केन्द्रिय बजेट २६.४२ प्रतिशत मात्र खर्च भएको अवधिमा दोलखाले ५५ प्रतिशत खर्च गर्नु सकरात्मक देखिएको प्रमुख कोष नियन्त्रक शिवाकोटीको भनाई छ ।

यसैबिच जिल्लाका २५ वटा सरकारी कार्यालयले चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा २५ करोड ६९ लाख ७ हजार ८ सय ३५ रुपैँया राजस्व संकलन गर्न सफल भएका छन । जसमा सबैभन्दा बढी जिल्ला विकास समितिले १८ करोड ४२ लाख ३६ हजार ९ सय ९० रुपैँया र सबै भन्दा कम शहरी विकास तथा भवन निमार्ण विभागले ३ सय २० रुपैँया राजस्व संकलन गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस