2026-10-15 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रहरी सेवा केन्द्रमा चालु आ.ब को पुस मसान्तसम्म ९० वटा उजुरी दर्ता

नन्दराम जैशी/माघ १४, जुम्ला । सामुदायिक प्रहरी सेवा केन्द्र जुम्लामा चालु आर्थिक वर्ष २०७३/०७४ को पुस मसान्तसम्म ९० वटा उजुरी दर्ता भएका छन् । 

विगतका वर्षहरुमा संख्यात्मक रुपमा कमै दर्ता हुने गरे पनि यस वर्ष उजुरी बढेर माघ महिना सम्म ९० पुगेका हुन् । विगतका वर्षहरुमा  वार्षिक रुपमा बढिमा ८० देखी ९० वटा सम्म मात्र दर्ता हुने गरेको भएपनि यो वर्षको पुस मसान्तसम्म आईपुग्दा ९० वटा उजुरीहरु दर्ता भएको सामुदायिक सेवा केन्द्र जुम्लाले जनाएको छ ।         

 केन्द्रमा दर्ता भएका ९० वटा उजुरी मध्ये ८५ प्रतिशत समाधान भईसकेका छन, भने करिब १५ प्रतिशत मात्र बाँकी रहको छन् । सामुदायिक प्रहरी सेवा केन्द्र जुम्लामा दर्ता हुन आएका उजुरीहरुमा सबैभन्दा बढि लेनदेन सम्बन्धि उजुरी आउने गरेको केन्द्रका ईन्चार्ज प्रहरी हवल्दार ठम्मर बहादुर शाहीले बताउनु भयो । चालु आवमा मात्र दर्ता भएका लेनदेन सम्बन्धि ४० वटा निवेदनको असुल भईसकेको शाहीले जानकारी दिनुभयो ।

 त्यस्तै सेवा केन्द्रमा चोरी, ठगी, दुव्यर्वहार लगायतका उजुरीहरु आउने गरेका छन् । केहि वर्ष यता महिला तथा बालबालिका सेवा केन्द्र छुटीय यता बाल विवाह, बहुविवाह लगायत उजुरी आउने गरेपनि महिला तथा बालबालिका सेवा केन्द्र पठाउने गरिएको हो । चोरी, बाल विवाह र वहुविवाह बारेमा  कानुनी प्रावधानका विषयमा केन्द्रमा सल्लाह लिन आउने गरेको सामुदायिक प्रहरी सेवा केन्द्र जुम्ला जनाएको छ ।

 प्रहरी हवल्दार शाहीका अनुसार माग महिनाको शुरु भए लगत्तै मात्र सल्लाह लिन ३ जना ,बहुविवाह तथा बाल विवाहका विषयमा जानकारी लिन ३ जना आएको बताईएको छ । लेनदेनका विषयमा १० हजार देखी १२ लाख सम्मका उजुरी दर्ता हुन आएका आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा