पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदी"/>
२८ मंसिर २०८२, शनिबार
खेलकुद

पर्वतमा प्रथम दिदीबहिनी कप भलिबल प्रतियोगिता हुने

१४ माघ २०७३, शुक्रबार ०५:०३

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । कुश्मा बजारमा हुन् लागेको बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा हुन् लागेको दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने छ । प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३ – ३ हजार पुरस्कार पाउने छन् । अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाको टिकट राखिएको छ ।कार्यक्रममा बोल्दै आयोजक रेडियोका अध्यक्ष तथा सांसद कल्पना चापागाईले नेपालको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागेको बताइन । कार्यक्रममा सासद तथा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल भलिबल सघका महासचिव जितेन्द्र चन्द, भलिबल संघका उपाध्यक्ष रन्जन खड्का लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ