2026-07-11 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राधिकरणको रु दुइ करोड बक्यौता असुली

2017-01-27

माघ १४, मोरङ । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ । 

प्राधिकरण विराटनगर प्रमुख शम्भु कुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुलेको हो । 

लामो समयदेखि बिल नतिर्ने तीनसय ६० ग्राहकको लाइन काटेकामा तीनसय २५ जनाले रकम तिरेर पुनः लाइन जडान गरेपछि सो रकम असुल भएको प्राधिकरणका विराटनगर प्रमुख यादवको भनाइ छ । १० हजारभन्दा बढी रकम नतिर्ने ग्राहकको लाइन काट्ने गरेको समेत उहाँको भनाइ छ । 

२७ करोड बढी राजस्व सङ्कलन 

यसैबीच, मालपोत कार्यालय विराटनगरले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ । मालपोत कार्यालय विराटनगरका प्रमुख नरेन्द्र पौडेलका अनुसार कार्यालयले ६ महिनाको अवधिमा घरजग्गा रजिस्ट्रेसन पास गरेबापत रु २४ करोड ५५ लाख ९४ हजार राजस्व सङ्कलन गरेको हो । 

त्यसैगरी, दृष्टि बन्धक नामसारीबाट रु दुई करोड ७० लाख ४५ हजार राजस्व उठाएको प्रमुख पौडेलको भनाइ छ । कार्यालयले पुर्जा बिक्रीबाट रु २१ लाख र रोक्का दस्तुरबाट रु ३८ लाख सङ्कलन गरेको छ । गत आवमा भूकम्प, नाकाबन्दी लगायतका कारणले जम्मा रु साढे ३४ करोड मात्रै राजस्व सङ्कलन गरेको सो कार्यालयका प्रमुख पौडेलको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस