१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक अवस्था कमजोर भएका महिलालाई नक्कली कागजात बनाई विदेश पठाउने पक्राउ

१५ माघ २०७३, शनिबार ०२:५४

माघ १५, काठमाडौँ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स(युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले पक्राउ गरेको हो । 

खड्काले सुनसरी हासपोसा गाविस स्थायी ठेगाना घर भई हाल ओख्तुहाङग टुर एन्ड ट्राभल्सका सञ्चालक जीवन जिमी राई र निजको कर्मचारी कृष्ण वाग्लेसँग मिली एक पीडित महिलाको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई बेचबिखन गर्ने उद्देश्यले विदेश लैजान लागेको प्रहरीले जनाएको छ । 

सो टुर एन्ड ट्राभल्समा खानतलासी गर्दा कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो तथा कागजात फेलापरेको थियो । सरकारी कार्यालयको कागजात तथा दस्तखत कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै