2026-10-18 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

माघ १५, इलाम । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ । 

किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फत न्यूनतम रु १५ लाखदेखि पाँच करोडसम्मका आयोजना सम्झौता भएका हुन् । छनोट भएका परियोजनालाई कोषले रु ७० करोड सहयोग गर्ने उन्नति समावेशी परियोजनाको इलामस्थित कार्यालयले जनाएको छ । 

परियोजना उन्नति कोषमार्फत पूरक अनुदान प्राप्त गर्ने निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा संस्थाहरूसँग सम्झौता गरी परियोजना हस्तान्तरण गरिएको उन्नति परियोजनाका विष्णुु काफ्लेले जानकारी दिनुभयो । 

इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भएको कार्यक्रममा मेची र कोसीका सात वटा पहाडी तथा हिमाली जिल्लाहरू इलाम, सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ र पाँचथरबाट परियोजनामा प्रस्ताव पेस गर्ने संस्था एवम् व्यक्तिको सहभागिता थियो । अर्थोडक्स चिया, अदुवा, डेरी र अलैँची गरी चार वटा कृषिवस्तुको मूल्यशृङ्खलाको व्यावसायिकीकरणमा सहयोग गर्न सन् २०१४ देखि पाँच वर्षका लागि सञ्चालित कार्यक्रममार्फत व्यक्ति तथा सङ्घसंस्थाले प्रस्ताव पेस गरेका थिए । 

ती परियोजनाको नेपालस्थित डेनमार्क दूतावास र कृषि विकास मन्त्रालयकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बजार निर्देशित निजी क्षेत्रको विकासको माध्यमबाट दीगो र समावेशी विकासको प्रवद्र्धन गर्दै गरिबी न्यूनीकरण एवम् जीवनस्तर सुधार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको काफ्लेले बताउनुभयो । 

काफ्लेका अनुसार सात जिल्लाबाट छनोटमा परेका १७२ वटा संस्था तथा उद्योगमध्ये चियातर्फ ७७, डेरीतर्फ ५७, अलैँचीतर्फ २५, अदुवातर्फ ११ र बजार पूर्वाधारतर्फ दुईवटा रहेका छन् । जसमध्ये इलामबाट मात्रै एक सय ११ वटा छनोटमा परेका हुन् । 

कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोख्रेलले अनुदान सम्झौता भएसँगै त्यसको कार्यान्वयनमा कडाइका साथ लाग्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । 

कोषले भौतिक पूर्वाधार एवम् मेसिनरी औजार उपकरणलगायत हार्डवेयरका लागि ५० प्रतिशतसम्म र तालिम, सफ्टवेयर क्रियाकलापमा ९० प्रतिशतसम्म पूरक अनुदान उपलब्ध गराउने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु