स्मरण

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्मरण

2026-09-18 10:52 PM
बर्दिया - BRD

सानैमा वैज्ञानिक बनेका यी बर्दियाली युवा

स्मरण

_ सुमेश सिवाकोटी

Copied from Mens Room Reloaded (MRR)


सानामा डाक्टर बन्ने ठुलो सपना थियो, छेपरोलाई operation गरिएन कि भ्यागुतोलाई सुई हालिएन कि,.. तर एकदिन गाउँम बन्दुक बोकेर हिडेको देखे, बस के चाहियो र, रातारात
डाक्टरबाट अवकास लिएर
, बाउको पुरानो छालाको जुत्ता अनि काठको बन्दुक बोकेर हिँडे
खेतबारी तिर माओबादी मार्न । खेत बारीमा कति माओबादी मारियो गनिएन पनि
, देशमा भन्दा
पहिले आफैले शान्ति सम्झैता गरेर हतियार बिसाएँ। हतियार बिसाएर
, काठको गाडीको
चलाउन थाले ड्राइभर बनेर
, तर एकदिन फिल्ममा ५ तला माथीबाट हिरो मटरसाइकल मा उडेर आएर हिरोनीलाई बचाएर लगेको देखे, गाडीलाई ग्यारेजमा थन्काएर लागे हिरो
बन्न तिर। भको नभको ठुटो कपाल पानीले भिजाएर मुन्टो बटारेर कपाल हल्लाउँदै
हिडिन्थ्यो
, पल्ली घर कि कान्छिलाई त कति चोटि गुन्डाहरुबाट नि बचाए आफ्नै
कल्पनाको सिनेमामा । त्यहि कपाल हल्लाउँदै हिड्ने क्रममा एकदिन माथीबाट चुईईईईय
प्लेन उड्यो
, प्लेन संगै मेरा कल्पनाका सिनेमाहरु सबै उडे । कागज, काठ देखि घरमा झगडा गरेर ब्याट्री
हालेर उड्ने प्लेन समेत उडाए पाइलट बनेर
, तर दुर्भाग्य प्लेन दुर्घटनामा पर्यो, प्लेन संगै पाईलट बन्ने सपना पनि । 

सबै रोनाल्डो रोनाल्डो
भन्थे
, रमपम चाउचाउको फोटोमा बाहेक अन्त कतै देखेको थिइन, तेहि फोटोमा जस्तो अगाडि थोरै कपाल
राखेर
, बाँकी खौरिदिएँ र मोजाको बल बोकेर हिँडे “वल्ड कप”
खेल्ने । “वल्ड कप” जित्न नपाउदै बाउको एक झापडले सकियो मेरो फूटबल
क्यारिएर पनि । पछि बाउका थोत्रा रेडियोका चुम्बक निकाल्दै
, बिग्रेका लाइटरहरु बनाउदै इन्जिनियर नि
नभको होइन
, तर जब कक्षामा उन्लाई देखे, छोडे बच्चा जस्तो सबै कल्पनाका
पात्रहरु बन्न ।

राजेश हमालको फिल्मको पोस्ट कार्ड
पछाडि
, 

“SOME LOVE ONE, 

SOME LOVE TWO,


I LOVE ONE, 


THAT IS YOU “ 


लेखेर प्रेम
प्रस्ताव नि गरे तर उन्को हात नपर्दै
, सरको हातमा पर्यो, गालामा १० वटा औलाका चाप बसे, सकियो मेरो प्रेम कथा पनि । 

आजकल गालाभरी
झुस्स परेका दारी छन्
, छाटेका कपाल, अनि सोच्छु, जिन्दगीका सबै सपना अनि लक्ष्यहरु त बाल्यकाल मै पूरा गरिसके, अब के नै पो बाकी छ र पूरा गर्ने …!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई