१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

चार महिनामा ४७ जना कुष्ठरोगी फेला

१६ माघ २०७३, आईतवार ०९:४८

माघ १६, धनगढी । कैलाली जिल्लामा चार महिनामा ४७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार, जिल्लाको धनगढी उपमहानगरपालिका र पथरैया गाविसमा बढी सङ्ख्यामा कुष्ठरोगी फेला परेका हुन् । 

पहिलेको तुलनामा जिल्लामा यो रोगका बिरामी रहने दर घट्दै गएको भए पनि अरु जिल्लाको तुलनामा यहाँ कुष्ठरोगीको सङ्ख्या भने घट्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका क्षय तथा कुष्ठरोग सहायक प्राविधिक दीपेन्द्र जोशीले भन्नुभयो– नयाँ फेला परेका र पहिलेका बिरामीसमेत गरी हाल ९० जना उपचारमा रहेका छन् । 

प्रति दश हजार जनसङ्ख्यामा एक भन्दा कम बिरामी पुगेमा कुष्ठरोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिमका कैलालीमा अझै दश हजार जनसङ्ख्यामा एक भन्दा बढी बिरामी फेला पर्ने गरेका छन् । 

पत्ता लाग्ने रोगीमध्ये कम सर्ने खालका ५१ प्रतिशत र बढी सर्ने खालका ४९ प्रतिशत रहेका छन् । राष्ट्रिय रुपमाप्रति दश हजार जनसङ्ख्यामा शून्य दशमलव शून्य आठ जनामा यो रोग भेटिने गरेको रोग निवारणमा संलग्न नेदरल्यान्ड लेप्रोसी रिलिफ एसोसिएसनका डा कृष्णप्रसाद ढकालले बताउनुभयो । 

कुष्ठरोग लाग्ने सम्भावना भएका जिल्लाका बासिन्दालाई लक्षित गरी आगामी दिनमा खोज पड्तालमार्फत् बिरामीलाई औषधि खुवाउने अभियान सुरु गर्ने योजना बनिरहेको पनि डा. ढकालले बताउनुभयो । 

मानिसको छालामा लाटो फुस्रो दाग देखिने, छाला सुन्निेने, हात खुट्टा झम्झमाउने यो रोगका लक्षण हुन् । समयमै उपचार हुन नसकेमा रोगी अपाङ्ग हुन सक्दछ । 

कुष्ठरोगलाई पूर्णरुपमा निवारण गर्ने सरकारको लक्ष्य छ । ‘समयमा नै कुष्ठ रोगको उपचार गरौँ, आपाङ्गता हुनबाट बचौँ ं‘ भन्ने नाराका साथ आज यस वर्षको कुष्ठरोग दिवस मनाइँदै छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह