१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीबाट एक क्वीन्टल चरेश बरामद

१६ माघ २०७३, आईतवार १५:५७

दिनेश ठकुल्ला/माघ १६, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गरेको छ । 

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह सेतीले धनगढी–१८, फुलबारी पच्चीस घरबाट एक क्वीन्टल चरेश बरामद गरेको हो । प्रहरीको लागू औषध ओसासपोसार तथा विक्री वितरण नियन्त्रण अप्रेसन अन्तरत देवबहादुर सिंहको घरमा पाँच वटा बोरामा लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक विजयराज भट्टले जानकारी दिनुभयो । 

चरेश लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समुहका प्रहरी सहायक निरिक्षक पदम थापाको नेतृत्वमा गएको टोलीले चरेश बरामद गरेको उहाँले बताउनुभयो ।  चरेश बरामद भएपछि घटनास्थलमा क्षेत्रीय प्रहरी प्रमुख भट्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जन चन्दसमेत पुग्नु भएको थियो । प्रहरीले चरेश भेटिएको घरका मालिक सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकासंग सोधपुछका साथै घटनाबारे अन्य अनुसन्धान भईरहेको प्रहरी नायब महानिरिक्षक भट्टले बताउनुभयो । बरामद चरेश र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कैलाली बुझाइएको र जिल्ला प्रहरी कार्यालयले यसबारे थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । 

प्रारम्भीक अनुसन्धानका क्रममा उक्त चरेश विभिन्न व्यक्तिमार्फत बझाङबाट आएको खुलेको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरिक्षक थापाले बताउनुभयो । भारत लैजानका लागि उक्त चरेश ल्याइएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह