२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा पुथा र उत्तरगङ्गा गाउँपालिका जोडिएकोमा विरोध

२०७३, १८ माघ मंगलवार ०५:२८

माघ १८, रुकुम । स्थानीय तह पुनःसंरचना सहयोग समिति र जिल्लामा रहेका राजनीतिक दलको सहमतिअनुसार बनाएका गाउँपालिका काटिएको भन्दै पूर्वी रुकुमका तीन गाविसका स्थानीय आन्दोलित भएका छन् । 

प्राविधिक सहयोग समिति र राजनीतिक दलको सहमतिमा बनाएको पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिकालाई आयोगले एउटै गाउँपालिका बनाएपछि स्थानीय सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् । 

पूर्वी रुकुमका रन्ममैकोट, हुकाम र जाङका ८ र ९ नम्बर वडालाई मिलाएर पुथा गाउँपालिका बनाइएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिका एउटै बनाएर पुथा उत्तरगङ्गा गाउँपालिका बनाएको भन्दै सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक बनाएर आफूहरुलाई अन्याय गरेको सङ्घर्ष समितिका संयोजक केशरमान रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको लागि पर्याप्त आधार हुँदाहुँदै पनि आयोगको कार्यविधि र मापदण्डविपरीत दुईवटा गाउँपालिकालाई जोडेर एउटै बनाएर ठूलो अन्याय गरेको सङ्घर्ष समितिका संयोजक रोकाको भनाइ छ । 

स्थानीय तह पुनःसंरचना आयोगले सरकारले प्रतिवेदन बुझाएसँगै यसरी दिनप्रतिदिन आन्दोलन चर्कन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट