(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।&"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जलवायु परिवर्तको प्रभावः बेमौसममा गुराँस फुल्दा वनभरि राताम्मे

२०७३, १९ माघ बुधबार ०३:४३

(हेमन्त केसी) | माघ १९, जाजरकोट | उच्च पहाडी जङ्गलमा गुराँस फुल्ने मुख्य मौसम फागुनदेखि चैत र वैशाख हो, तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् । 

जिल्लाकै उच्च भाग बारेकोट क्षेत्रमा पुस पहिलो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको पाँचकाटिया क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्रायः फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ । 

“जलवायु परिवर्तनको प्रत्यक्ष असर नै हो”– जिल्ला वन कार्यालयका नेपाली शाहले भन्नुभयो, “धेरै चिसो हुने स्थानमा पुस, माघमै गुराँस फुलेको देखिएको छ ।” 

उहाँका अनुसार जलवायुमा अहिले विश्वव्यापी उष्णीकरण बढ्दो छ । विश्वव्यापी रूपमा तापक्रम ० दशमलव ०४ डिग्री सेन्टिग्रेडले बढिरहेको छ । तर, यो आधारभन्दा नेपालको औसत तापक्रम तराई र हिमालको अनुपातमा ० दशमलव ०६ डिग्री सेन्टिग्रेडले बढ्दै गएको छ । 

दुई हजार ६९० मिटर उचाइको बारेकोट क्षेत्रमा यसपटक हिउँ नै परेन । जाजरकोटकै अग्लो यो भू–भागमा बर्सेनि पुस र माघमा हिउँ पर्दै आएको थियो । नायकवाडा, रोकायगाउँ, रामीडाँडा, मजकोटलगायतका उच्च लेकमा पनि यो वर्ष हिउँ परेन । 

हिउँ नै नदेखेकाले यी क्षेत्रमा छिटो गुराँस फुलेको देख्न पाएका छन् । “अहिले पहिलोपटक पुस महिनामै मदाने जङ्गलमा गुराँस फुलेको देखें”– नायकवाडाका चक्रबहादुर सिंहले भन्नुभयो । “यो वर्ष चिसो भएको थाहा नै पाइएन, माघ महिनामै गर्मी बढ्यो”– उहाँले भन्नुभयो । माघको घामले शरीरमा पसिना आएको पहिलोपटक अनुभव गरेको अर्का जनक शाहीले भन्नुभयो । 

चिसो स्थानमा धान फल्नु र उत्पादन बढ्नु, हिउँ छिटोछिटो पग्लनु, जलवायु परिवर्तनको सकारात्मक प्रभाव भएपनि कृषिमा देखिएका नयाँ नयाँ रोग, नयाँ कीरा फट्याङ्ग्रा र फरक प्रकृतिका लामखुट्टे लगायतको वृद्धि नकारात्मक असर भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो । 

“त्यस्तै पानी पर्ने दर पनि पूर्वानुमान गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ”– थोरैथोरै पानी धेरै समयसम्म पर्ने गरेकामा अहिले लामो समय नपर्ने र प¥यो भने एकैपटक पर्ने गरेको छ । गर्मीका दिन बढ्नु र जाडोको समय घट्नु पनि जलवायु परिवर्तनकै असर भएको शाहको भनाइ छ । 

यसको प्रभावले जीवजन्तुले बासस्थान नै फेर्न थालेका छन् । यस वर्ष हिउँदे वर्षा नै नभएकाले पनि बालीनालीदेखि वनजङ्गल र जन्तुमा त्यसको असर देखिँदै जाने, आगलागीको घटनासमेत बढ्न सक्ने उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ