माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् "/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको गजरकोटमा बिजुली पुगेपछि स्थानीय खुसी

१९ माघ २०७३, बुधबार ०४:०७

माघ १९, रामपुर (पाल्पा) | लामो समयको प्रयत्नपछि बर्षौंदेखि टुकीको भरमा जीवन गुजारा गर्दै आएका गजरकोट–९ का स्थानीयले गाउँमा बिजुली बत्ती बलेपछि खुसी व्यक्त गरेका छन् । 

बिजुली बाल्नका लागि यहाँका स्थानीयले काम सुरु गरेको तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँमा बिजुली बाल्न सफल भएका हुन् । वडाका डुम्रीबेँसी, अदमारा, पल्लोडिही, खनालडाँडा, पाखेडाँडा बगैँचा, हरिवन, थामडाँडा, पल्लावारी गाउँ अहिले बिजुलीले झिलीमिली बनेको छ । बिजुली बत्ती बलेपछि यहाँका १८५ घरधुरीका स्थानीय लाभान्वित भएका छन् । 

स्थानीयको निरन्तर प्रयास र मेहनतले चाँडै नै गाउँमा बिजुली बत्ती बलेको स्थानीय रामप्रसाद श्रेष्ठले बताउनुभयो । गाउँमा बिजुली बलेपछि टिभी हेर्न, रेडियो बजाउन, मोबाइल चार्ज गर्न, सस्तो मूल्यमा मिलमा कुटानी पिसानी गर्न सजिलो भएको स्थानीय बताउँछन् । 

नेपाल विद्युत् प्राधिकरण, जिविस, सांसद विकास कोष र त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोग र स्थानीय उपभोक्ताको श्रमदान गरी रु ४२ लाखको लागतमा ११ केभी क्षमताको लाइनबाट बिजुली बाल्न सफल भएको भीमकाली मोटरमार्ग विद्युत्लाइन उपभोक्ता समितिका अध्यक्ष दीलप्रसाद तिवारीले बताउनुभयो । 

अक्षयकोष स्थापना 

यसैबीच, अंशुवर्मा माध्यमिक विद्यालय, सहलकोट, पाल्पामा पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना भएको छ । 

पूर्वविद्यार्थी डा प्रमिला दर्लामीले रु ६० हजार ९९९ को अक्षयकोष स्थापना गर्नुभएको छ । विकट र दुर्गममा सञ्चालित यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा