पर्वत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबले सरकारले गर्ने भनेको निर्वाचन तह या निकायको कुन हो भन्ने बारेमा अझै प्रष्ट नभएको बताएका छन् । कुश्मामा भएको सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबले सरकारले गर्ने भनेको निर्वाचन तह या निकायको कुन हो भन्ने बारेमा अझै प्रष्ट नभएको बताएका छन् । कुश्मामा भएको सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
२०८२, १५ चैत्र आईतवार
पर्बत - PBT

प्रमुख निर्वाचन आयुत्तको प्रश्न ः निर्वाचन तहको कि निकायको ?

२०७३, २० माघ बिहीबार ०३:०९

पर्वत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबले सरकारले गर्ने भनेको निर्वाचन तह या निकायको कुन हो भन्ने बारेमा अझै प्रष्ट नभएको बताएका छन् । कुश्मामा भएको सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

सरकार निर्वाचन गर्नुपर्छ हुन्छ भन्छ तर अझै निर्वाचन तह या निकायको गर्ने हो भन्नेबारेमा अन्योल रहेको टिप्पणी गर्दै यादबले सांसद अर्जुनप्रसादलाई प्रश्न तेर्साए । उनले सरकारले ठोस निणर्य दिन नसकेका कारण आयोग अन्योलमा परेको उनले बताए । साथै यादबले चुनावको मिति सरकार या निर्वाचन आयोग कस्ले  गर्ने हो भन्दै सांसद जोशीमाथि प्रश्न थपे ।

प्रमुख निर्वाचन आयुक्त डा. यादबले निर्वाचन हुने र आफू निर्वाचनको लागि तयारी रहेको बताए । साथै उनले निर्वाचनको लागि सवै पक्षहरु एक हुनुपर्ने भन्दै कार्यक्रममा सहभागी राजनीतिक दल, विभिन्न कार्यालयका कर्मचारी सवैलाई चूनावलाई सफल बनाउनको लागि एक जुट भएर सक्रिय रुपमा लाग्नको लागि समेत कसम खुवाए । निर्वाचन आयुक्तले यादबले आयोगले निर्वाचनको लागि आवश्यक पर्ने कामहरु पुरा गर्नको लागि सरकारसँग १२० दिनको समयअवधि मागेको जिकिर गरे । उनले कर्मचारी, मतपत्र, मतदान केन्द्र तथा अन्य आवश्यक कार्यहरु गर्नको लागि उक्त समय मागेको बताए । दलहरुविच  सहमति नहुदाँ निर्वाचन चैतमा हुने भनियो अहिले बैशाख  भनिएको छ । सरकारले प्रतिबेदन बुझाएको भए निर्वाचनको लागि काम अगाडि बढिसक्थ्यो तर दलहरु मिल्न सकेनन उनले भने । “विरामी बोकेको एम्बुलेन्स समयमा अस्पताल पुगेन भने के हुन्छ ?” उनले प्रश्न  गर्दै भने देशको हालत पनि अहिले विरामी बोकेको एम्बुलेन्स जस्तै छ त्यसैले समयमा निर्वाचन भएन भने देशले अस्थीरताको मोड लिन्छ, त्यसैले अब हामी १२० दिनको समय अवधि नपुगे पनि निर्वाचन गराउनको लागि तयार छौं ।

साथै उनले निजामति कर्मचारीले आफ्नो आचारसंहितामा रहेर निर्वाचनमा सहयोग पु¥याउनको लागि समेत उनले आग्रह गरे ।

सांसद अर्जुनप्रसाद जोशीले सरकार निर्वाचन गराउनको लागि तयार भएको बताए । उनले सरकार निर्वाचन गराई देशमा भएको अस्थीरताको अन्त्य गर्न चाहेता पनि केहि राजनीतिक दलहरु त्यसको विरुद्धमा उत्रिको बताए । उनले निर्वाचनसँग संविधान संशोधनको सम्बन्ध नरहेता पनि सरकारले संविधान संशोधन मार्फत संविधानको सर्वस्वीकार्यता बढाउन चाहेको तर प्रतिपक्षले भने त्यसमा अबरोध पु¥याइरहेकोले गाँठो फुक्न नसकेको बताए । 

सांसद जोशीले सरकारले स्थानीय तहको निर्वाचन गराउनको लागि  विभिन्न नियम तथा कानून संसदमा पेश तथा पारित गरेको स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त डा. यादबको प्रश्नको उत्तर दिदै जोशीले भने, व्यक्तिगत रुपमा प्रश्न हो भने निर्वाचनको मिति तयहको जिम्मा आयोगलाई दिनुपर्छ, तर वर्तमान अबस्था र राजनीतिक ध्रुविकरणका हिसाबले सरकार आफै लागि परेको बताए ।

 निर्वाचनको मिति घोषणा गरेता पनि निर्वाचन हुन नसक्ने र भए पनि त्यसलाई मान्यता नदिने गरेका घटनाहरु पनि विश्वमा भएको भन्दै त्यसो नहोस् भन्नको लागि सरकारले संविधान अस्वीकार गरेकाहरुलाई समेत चुनावमा ल्याउनको लागि र संविधानको सर्वस्वीकार्यता बढाउनको लागि संविधान संशोधनको प्रस्ताब अगाडि सारेको बताए । उनले निर्वाचन हुनेमा आफू विश्वस्त रहेको प्रस्त पारे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भू मरासिनी, जिल्लामा रहेका राजनीतिक दल तथा सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो । 

पर्वतमा अन्तरक्रियाका लागि आएका प्रमुख निर्वाचन आयुक्त यादबले निर्वाचन कार्यालय पर्वतको निर्माण हुन लागेको भवनको शिल्यान्यास समेत गरेका छन् । उक्त भवन २ करोड १ लाख ८ सयमा निर्माण हुन लागेको हो । साथै निर्वाच आयोगले पर्वतमा १६ वटा राजनीतिक दलहरु दर्ता रहेको जानकारी समेत गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह