माघ २०, काठमाडौँ | बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । 

यस बिषयमा के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काठमाडौँ | बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । 

यस बिषयमा के"/>

९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबालको खबरदारी: बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ

२० माघ २०७३, बिहीबार १६:२९


माघ २०, काठमाडौँ | बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । 

यस बिषयमा केहि दिन अघि साझा सबाल मिडियाले काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गर्दै समाचार संकलन गरेको थियो । कामपा, राजस्व महाशाखामा साझा सबाल मिडियाबाट गएको टोलीले बिभागका अधिकारीहरुलाई यस बिषयमा महानगरले कुनै कारबाही नगरेको भन्दै आलोचना गरेको थियो । 

यसैबीच कामपा राजस्व महाशाखाका अनुसार काठमाडौँ नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्मोच्च अदालत अगाडि हुँदै पुतली सडक क्षेत्रसम्मका बिजुलीका खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित कोरियाली भाषा पाठशालाका सञ्चालक दीपक राउत र डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङ्गाना हुन् । 

यस बाहेक भित्तामा पोष्टर टासी नगर फोहोर पार्ने अन्यलाई पनि अब कारबाहीको दायरामा ल्याउने महानगरले जनाएको छ । 

सादा पोसाकमा खटिएका महानगरीय प्रहरीले तिनलाई पक्राउ गरेको थियो । महानगर सहित बिभिन्न निकाय बिरुद्ध २०७० भदौ १६ मा सर्वोच्च अदालतले सार्वजनिक स्थानमा सुन्दरता बिगार्ने गरी विज्ञापन टाँस्न नदिन आदेश गरेको थियो । आदेश बमोजिम अब सुन्दरता बिगार्ने गरि वा अनुमति बिना पोष्टर टास्ने जो सुकैलाई सर्वोच्चको मानहानी बिरुद्ध मुद्धा चलाइने महानगरका राजश्व महाशाखा प्रमुख ध्रुब काफ्लेले साझा सबाललाई बताए । 

बाँकी यिनीहरुलाई कारबाही कहिले गर्ने ?

महानगरको अनुमति बिपरित पुतलीसडक, पुरानो बसपार्क, भृकुटीमण्डप लगायत स्थानहरुमा पोष्टर टास्नेहरुमा निम्न पनि छन् (फोटोमा हेर्नुहोस) । यिनीहरुले दैनिक नयाँ नयाँ स्किम सहित जथाभावी बिना अनुमति पोष्टर टासेर सहर कुरूप बनाउने गरेका छन् । अरु त अरु सर्वोच्चकै आदेशलाई लत्याउँदै सर्वोच्च अदालतको गेट अगाडीनै यिनीहरुको पोष्टर टासिएको भेट्न सकिन्छ ।

बिशेष गरि सर्वसाधारणको चहलपहल हुने स्थानहरुमा यिनीहरुले पोष्टर टासेर सहर फोहोर बनाउने काममा सक्रिय छन् । त्यसोत: कतिपय यस्ता बिना अनुमति टासिने बिज्ञापनले सहर फोहोर बनाउने मात्र नभई सर्वसाधारणलाई ठगि समेत गर्ने गरेको महानगर आफै स्वीकार्छ । बिशेषगरि रातको समयमा टासिने पोष्टरको कारण काठमाडौँ अझै कुरूप बन्ने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प