सुरेश भट्ट/माघ २१, कञ्चनपुर । कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

“ प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन , "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २१, कञ्चनपुर । कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

“ प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन , "/>

2026-07-11 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु

2017-02-03


सुरेश भट्ट/माघ २१, कञ्चनपुर । कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

“ प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन , पर्यावरण संरक्षण र स्वस्थ जीवन” भन्ने मुल नाराका साथ शुक्रवार देखी सदरमुकाम महेन्द्रनगरमा सुरु भएको हो ।

प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख गराउने , प्राङ्गारिक उपजहरुको सबैले उपभोग गराउन प्रोत्साहन दिने , विषादियुक्त मीलावट खेतीको अन्त्य गर्ने र मानव शरिरमा भएका रोगहरुको कारणले जुन पैसा खर्च भइरहेको छ त्यसलाइ रोक्ने तथा विसादी युक्त खाना बाट मानव स्वस्थ्यमा हुने असर बारे जनचेतना फैलाउनलाइ मेलाको आयोजना गरीएकोे जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत यज्ञराज जोशीले वताउनु भएको छ । 

कृषि व्यवसाय प्रवद्धन कार्यक्रम ,सुदुरपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय , दिपायल र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको सयुक्त आयोजना मा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला माघ २४ गते सम्म संचालन हुने भएको छ ।


कार्यक्रमको उद्घाटन कृषी मन्त्री गौरी शकंर चौधरी र क्षेत्रीय कृषी बिभागका निर्देशनालय दिपायलका निर्देशक डिल्लीराम भण्डारीले गरेका थिए भन उद्घाटन पुर्व कृषी मन्त्री मेलामा लागेका स्टलहरुको अवलोकन गरेका थिए । 

मेलामा किसानहरुले प्राङ्गारिक मलले उत्पादित कृषी वाली, फलफुल, तरकारी, माछा, विभिन्न प्रकारका आधुनिक कृर्षि यन्त्र का साथै मौलिक खानाको प्रर्दशनी रहेको थियो भने मेलामा विभिन्न खालका सुदुरपश्चिमको संस्कृतीक झल्कने सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरीएको थियो । मेलामा १२५ स्टल रहेका छन् भने मेलामा हजारौको सख्यामा जनसहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण