पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मक"/>
2026-09-20 01:58 AM
अर्थ/विकास

पाँचौ पर्वत महोत्सव टिकट काटेर ४५ हजारले अबलोकन गरे

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मकै आलोचित र आरोपित बनेको छ ।

विगतका महोत्सवमा आर्थिक पादर्शीता नहुने गरेकोले चर्चामा आएता पनि महोत्सव शुरु भएदेखि समापन हुनुपूर्व सम्म महोत्सवमा भएका अनुचित कार्य र आयोजकले गरेको नाताबाद र क्रिपाबादले महोत्सवलाई ठूलो धक्का दिएको छ । महोत्सवमा २ लाख दर्शक भित्राउने आयोजकले दाबी गरिरहेकै बेलामा महोत्सवमा नबौ दिनसम्म पनि ४५ हजार दर्शकले टिकट शुल्क तिरेर महोत्सव अबलोकन गरेका छन् तर आयोजकले १ लाख ३० हजार दर्शकले अबलोकन गरेको दाबी गरेको छ । 

महोत्सवका टिकट व्यवस्थापनको चाँजोपाँचो मिलाएको पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले महोत्सवमा ६० को टिकट काट्नेको संख्या शुक्रबार साँझसम्म २८ हजार नागेको बताए । त्यस्तै विद्यार्थीको लागि बनाइको ४० को टिकट काट्नको संख्या झण्डै ७ हजार पुगेको उनको तर्क । 

महोत्सव मुल आयोजक समितिका सचिव ठाकूर वि पौडेले भने महोत्सवमा १ लाख ३० हजार दर्शकले प्रत्यक्ष अबलोकन गरेको दाबी गरेका छन् ।  उनले  प्याकेज टिकटमा झण्डै तीन हजारको वितरण भएको बताए । प्याकेज टिकटमा पनि १ हजार शुल्क तिरेका दर्शक रर बाँकी २ हजारमा कलाकार, पत्रकार, स्टलव्यापारी, आयोजक, सुरक्षाकमी  रहेको उनको तर्क छ । महोत्सवमा प्रत्यक्ष टिकट काटेर जान झण्डै ४० हजार  र सात बर्ष मुनीका बालबालिकाका साथै प्याकेज टिकटका दर्शक गरी एक लाख ३० हजारको संख्यामा दर्शक रहेको उनले बताए । व्याकेज टिकट र नियमित टिकटबाट झण्डै २१ लाख (अनुमानित) रकम संकलन भएको पौडेलले जानकारी दिए ।

महोत्सवको आज समापन जिल्ला न्यायधिस मोहनराज भट्टराईको आथित्यतामा हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो