सम्राट सिंह | माघ २३, बझाङ | २ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको ८६ करोड बजेट लगानीको बझाङबासी खोजी गर्न थालेका छन ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | माघ २३, बझाङ | २ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको ८६ करोड बजेट लगानीको बझाङबासी खोजी गर्न थालेका छन ।&nb"/>
2026-07-11 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहाँ गयो ८६ करोड बजेट खोजी गर्दै बझाङबासी

सम्राट सिंह | माघ २३, बझाङ | २ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको ८६ करोड बजेट लगानीको बझाङबासी खोजी गर्न थालेका छन । 

विद्युत मर्मतका नाममा ८६ करोड रकम खर्चेपनि जनताको घरमा ३ दिनपछि बत्ती आउन थालेपछि सदरमुकामबासीले चरणबद्घ आन्दोलनका कार्यक्रम घोषणा गरी बजेटको खोजी गर्न थालेका हुन । मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बांधबाट इन्टेकमा पानी पठाउने ठांउमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत नियमित हुन नसकेको स्रोतको भनाइ छ ।

कमिसनतन्त्र ले नै विद्युत धरासायी बनेको भन्दै सम्पूर्णको छानविन गर्न तथा विद्युत नियमित गर्न दवाव दिन ओमजंग बहादुर सिंहको संयोजकत्वमा एक संघर्ष समिति गठन भएको छ । 

गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेर फिर्ता भएकोे जापानी निमार्ण कम्पनी मारुसिन सिताकाले मर्मत गरेको ५ महिना नबित्दै विद्युत सेवा अवरुद्ध थालेपछि सदरमुकामबासी आन्दोलित भएका हुन । तोकीएको सबैकाम सम्पन्न नगरी विचैमा काम छोडेका कारण विद्युत सेवा नियमित गर्न नसकिएको सुर्मादेवि विद्युत प्रालिका संचालकको भनाइ छ ।

यत्रो ठूलो बजेट कहाँ खर्च भयो भन्दै संघर्ष समितिले छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी गर्ने संघर्ष समितिका संयोजक ओमजंग बहादुर सिंहले बताए । उनले भने दोषिलाई पत्ता लगाई तत्काल र्काबाहि प्रक्रिया अघि बढाउन पहल गर्नेछु । विद्युत नियमित नआउने गरेको भन्दै पटक पटक  बजारबासीहरुको आन्दोलन जिल्ला प्रशासन आउने गरेको प्रमुख जिल्ला अधिकारी जिल्ला अधिकारी सुनिलले बताए  । विद्युत नियमित गर्न सम्बन्धित नियकायलाई पत्राचार गर्ने उनको भनाइ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ