२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा बृहत् चिमखोला खानेपानी आयोजना निर्माण सुरु

२३ माघ २०७३, आईतवार ०९:०१

माघ २३, बाबियाचौर (म्याग्दी) । म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । 

रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिनुभयो । 

“सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ”, इन्जिनियर केसीले भन्नुभयो, “आयोजनाअन्तर्गत २ देखि ७ नम्बर वडामा ढल निकासका लागि पूर्वाधारसमेत बनाइने भएको छ ।” 

आयोजनाअन्तर्गत एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एकएक र पाँच हजार लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण हुने भएको छ । दुईवटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने योजना छ । ११ वटा स्किममा निर्माण हुने आयोजनाको १३ वटा मुहान रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ । 

गत आर्थिक वर्ष २०७२/७३ मा सर्वेक्षण भएको सो आयोजनाका लागि चालु आवमा रु ३० लाख बजेट विनियोजना भएको सबडिभिजन प्रमुख केसीले बताउनुभयो । पूर्वाधार निर्माणको काम सुरु गर्न ओमबहादुर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिसँग सम्झौतासमेत भइसकेको जनाइएको छ । 

आयोजनामा उपभोक्ताको कुल लागतको २० प्रतिशत अर्थात् रु एक करोड ३९ लाख ४८ हजार एक सय ४२ बराबरको श्रम र नगद सहभागिता रहने छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दा गाउँमा बृहत् आयोजना भित्रिएपछि उत्साहित भएका छन् । 

चिमखोलावासीलाई खानेपानी समस्याबाट मुक्त गरी जीवनयापनलाई सहज बनाउन आयोजनाले ठूलो योगदान गर्ने अपेक्षा गरिएको उपभोक्ता समितिका सचिव गमबहादुर पुनले बताउनुभयो । समितिका अध्यक्ष ओमबहादुर पुनले चिमखोलामा यो हालसम्मकै ठूलो विकास आयोजना भित्रिएको बताउनुभयो । 

आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्ने अध्यक्ष पुनले प्रतिबद्धता जनाउनुभयो । आव २०७६७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताको सक्रियता भएमा लक्ष्य अघि नै र अनुमानितभन्दा कम लागतमा आयोजना निर्माण गर्न सकिने सबडिभिजन प्रमुख केसीले बताउनुभयो । 

यसैबीच चिमखोलाबाट भगवती र पिप्ले गाविसमा खानेपानी ल्याउनका लागि सञ्चालन हुन लागेको बृहत् भगवती पिप्ले खानेपानी तथा सरसफाइ आयोजनाको सर्वेक्षण गरी लगत अनुमान लागत तयार पार्न लागिएको पनि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम