२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रवाहमा समस्या

२०७३, २३ माघ आईतवार ०९:०५

माघ २३, रामपुर (पाल्पा) । सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पुर्याउने उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन अहिले जीर्ण अवस्थामा रहेका छन् । 

स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा उपचारका लागि यहाँ आउने बिरामी मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्य प्राविधिकले समेत सो भवनमा पस्न डराउने गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य पहलसिं सिञ्जालीले बताउनुभयो । उहाँले भवनको जीर्ण अवस्था देखेर केही बिरामीले कार्यालयभित्र पसेर जाँच तथा उपचार गराउनुका सट्टा उपचार नगराईकन पनि घर फर्कने गरेको बताउनुभयो । 

विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पले सो भवनमा क्षति पुर्याएका थिए । जीर्ण स्वास्थ्य चौकीभित्र बसेर स्वास्थ्यकर्मीलाई पनि सेवा दिन ठूलो जोखिम सामना गर्नुपरेको स्थानीयवासी बताउँछ । 

भूकम्पपछिको केही समयसम्म स्थानीय जनजागरण केन्द्रको भवनबाट स्वास्थ्य सेवा दिए पनि सम्बन्धित पक्षले पुनः निर्माणमा चासो नदेखाएपछि चर्किएको भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्य चौकी प्रमुख जगत थापाले बताउनुभयो । 

“कार्यालय समयभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता छ, सम्बन्धित निकायमा जानकारी गराए पनि पुनः निर्माण त परै जाओस्, मर्मतसम्भार पनि हुन सकेन”, उहाँले भन्नुभयो । 

स्वास्थ्य चौकीको यो जीर्ण भवनबाट सामान्य बिरामीको जाँच तथा परीक्षण मात्र हुने गरेका छन् । लामो समयसम्म उपचार गराइराख्नुपर्ने, सलाइन दिनुपर्ने र मातृ परीक्षण सेवाका लागि आउने बिरामीलाई भने जनजागरण केन्द्रबाट नै सेवा दिने गरिएको स्वास्थ्य चौकी प्रमुख थापाले बताउनुभयो । 

विसं २०५१ सालमा स्थापना भएको दुई तले तीन कोठा सहितको सो भवनबाट सहलकोट गाविससँगै छिमेकी गाविस झिरुवास, बाकामलाङ लगायतका जनताले सेवा लिँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण