१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य चौकी भवन जीर्ण भएपछि सेवा प्रवाहमा समस्या

२३ माघ २०७३, आईतवार ०९:०५

माघ २३, रामपुर (पाल्पा) । सहज सुलभसँग स्वास्थ्य सेवाको पहुँच आमजनता माझ पुर्याउने उद्देश्यले स्थापना भएको सहलकोट स्वास्थ्य चौकीको भवन अहिले जीर्ण अवस्थामा रहेका छन् । 

स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा उपचारका लागि यहाँ आउने बिरामी मात्र होइन, त्यहाँ कार्यरत स्वास्थ्य प्राविधिकले समेत सो भवनमा पस्न डराउने गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य पहलसिं सिञ्जालीले बताउनुभयो । उहाँले भवनको जीर्ण अवस्था देखेर केही बिरामीले कार्यालयभित्र पसेर जाँच तथा उपचार गराउनुका सट्टा उपचार नगराईकन पनि घर फर्कने गरेको बताउनुभयो । 

विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पले सो भवनमा क्षति पुर्याएका थिए । जीर्ण स्वास्थ्य चौकीभित्र बसेर स्वास्थ्यकर्मीलाई पनि सेवा दिन ठूलो जोखिम सामना गर्नुपरेको स्थानीयवासी बताउँछ । 

भूकम्पपछिको केही समयसम्म स्थानीय जनजागरण केन्द्रको भवनबाट स्वास्थ्य सेवा दिए पनि सम्बन्धित पक्षले पुनः निर्माणमा चासो नदेखाएपछि चर्किएको भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्य चौकी प्रमुख जगत थापाले बताउनुभयो । 

“कार्यालय समयभित्र ज्यान जोखिममा राखेर काम गर्नुपर्ने बाध्यता छ, सम्बन्धित निकायमा जानकारी गराए पनि पुनः निर्माण त परै जाओस्, मर्मतसम्भार पनि हुन सकेन”, उहाँले भन्नुभयो । 

स्वास्थ्य चौकीको यो जीर्ण भवनबाट सामान्य बिरामीको जाँच तथा परीक्षण मात्र हुने गरेका छन् । लामो समयसम्म उपचार गराइराख्नुपर्ने, सलाइन दिनुपर्ने र मातृ परीक्षण सेवाका लागि आउने बिरामीलाई भने जनजागरण केन्द्रबाट नै सेवा दिने गरिएको स्वास्थ्य चौकी प्रमुख थापाले बताउनुभयो । 

विसं २०५१ सालमा स्थापना भएको दुई तले तीन कोठा सहितको सो भवनबाट सहलकोट गाविससँगै छिमेकी गाविस झिरुवास, बाकामलाङ लगायतका जनताले सेवा लिँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन