अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेर्हथुमको चुहान डाँडामा अत्याधुनिक सेवा सहित कृषि विकास बैंकको शाखा

२३ माघ २०७३, आईतवार १०:०९


अमृत बास्तोला | माघ २३, तेह्रथुम । तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै कृषि विकास बैंकले आइतबार चुहानडाँडामा नयाँ शाखा विस्तार गरेको छ । बैंकलाई आधुनिक प्रणालीमा जोड्र्दै ग्रामिण क्षेत्रमा अत्याधुनिक सेवा सहितको २५० औं शाखा चुहानडाँडामा संचालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले शाखाको औपचारीकरुपमा उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकको ५० औं वर्षको इतिहासमा हिमाल देखि तराई सम्म संजाल भै कारोवार संचालन गरिरहेको बैंकले अब आधुनिक प्रविधि सहित नेपाली जनतालाई बैंकिङ सेवा प्रदान गर्ने उल्लेख गर्नु भएको छ । 

बैकको कुल लगानीको ३१ प्रतिशत कृषिमा लगानी गरेर कृषि क्षेत्रलाई नै लगानीको मुख्य प्राथमिकतामा राखेर आफ्नो कार्य अधि बढाई रहेको बैंकले वित्तीय कारोवारका साथै आर्थिक सामाजिक, सामुदायीक कार्यमा सरिक हुदै देशको आर्थिक विकासमा टेवा पुर्याउने प्रमुख कार्यकारी अधिकृत सिटौलाले व्याक्त गर्नु भयो ।

कार्यक्रममा बैंकका उपमहा प्रवन्धक भेषरमण आचार्यले आर्थिक विकासको स्रोत जुटाउने बैकलाई हुर्काउन सबैको साथ आवश्यक पर्ने भएकाले यसलाई पँुजि निर्माण गर्र्ने थालोकोरुपामा विकास गर्नु पर्ने बातउनु भयो । 

कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक पारशमणि ढकालको अध्यक्षतामा समुद्घाटन कार्यक्रममा तेह्रथुम बहुमुखी क्याम्पसका प्रमुख हिक्मतबहादुर राय, चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतबहादुर थपलिया, शारदा माविका प्रचार्य भिम आचार्य, महिला संजालकी अम्बिका चुडाल थपलिया लगायतले शुभकामना मन्तव्य राख्र्दै बैकले कृषि क्षेत्र सहितको अन्य क्षेत्रमा पनि कारोवार गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रमा विभिन्न शाखाका प्रवन्धक, अधिकृतहरुको, स्थनीय जनता, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य