दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सु"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटन प्रबर्धनका लागि कर्नालीमा होम–स्टेको अभ्यास हुँदै

२३ माघ २०७३, आईतवार ११:३७

दलसिंह गिरी | माघ २३, कालिकोट | कर्नालीमा बाह्य पर्यटकहरुको आगमन दिनानुदिन बढ्न थालेपछि कर्नालीको मुलद्धारको रुपमा रहेको कालिकोटमा होम–स्टे सेवा संचालनका लागि अभ्यास सुरु हुन थालेको छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावनाको खानीको रुपमा लिइने कर्नालीमा बाह्य पर्यटकहरु आउदा उनीहरुलाई उचित खाना तथा आरामदायी बासस्थानका लागि पछिल्लो चरण चर्चामा आएको होम–स्टे संचालनका लागि कर्नालीराजमार्ग संगै जोडिएका समुदायहरु यस प्रति चासो लिन थालेका हुन् ।

बढ्दो पर्यटक आगमनलाई मध्यनजर गर्दै कालिकोटका जागृत युवाहरु समेत होम–स्टे संचालन तथा ब्यवस्थापनबारे विभिन्न निकाय संग समन्वय गरी होम– स्टेका बारेमा जागरण अभियान समेत चलाउन थालेका छन् । यसैक्रममा कर्नालीमै पहिलो पटक कालिकोटका युवाहरुले होम–स्टे संचालन सम्बन्धि तालिमको आयोजना गरी कर्नाली राजमार्गको आसपासमा रहेका ३० जना होटल ब्यवसायी तथा स्थानीय समुदायलाई यसको महत्वबारे जागृत गराउन थालेका हुन् ।  

सामाजिक जागरण अभियान संचालन गर्दै आइरहेको सामाजिक यूवा कार्य नेपाल, कालिकोटले, नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा कर्नालीमै पहिलो पटक तालिमको आयोजना गरेको छ । कर्नालीको यात्रामा आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्रभावकारी होम–स्टे सेवा प्रदान गर्नका लागि अपनाउन पर्ने विधि तथा मापनबारे उनीहरुलाई सूसुचित गराउन तालिको आयोजना गरिएको हो । 

होम–स्टे कसरी संचालन गर्ने, होम स्टेका विशेषता, पाउनाहरुलाई गर्न पर्ने स्वागत तथा सम्मान जस्ता विबिध विषयमा स्थानीय समुदायहरुलाई सूसुचित गराइएको छ । आयोजक संस्थाका अध्यक्ष भरत बहादुर मल्लको अध्यक्षतामा आयोजित तालिमका सहभागिहरुले बाह्य आगन्तुक पाउनाहरु सेवा लिन आउदा उनीहरुलाई गर्न पर्ने बोली, ब्यवहार, ल्वाईख्याई, सफा सुग्घर रहने घरायसी बाताबरण जस्ता सवालका विधिहरुबारे पूर्ण जानकारी यस तालिमबाट पाइएकाले यसै विधि र प्रक्रियाअनुसार आफुहरु सेवा दिन प्रतिवद्ध रहेको सहभागिहरुले बताएका छन् । 

जिबनमै पहिलो पटक फरक किसिमको तालिम लिन पाएकोमा आफुहरु उत्साहिभएको बताउदै सहभागिहरुले पर्यटन प्रबर्धनका लागि यस्ता क्षेमता विकास सम्बन्धि तालिम होटल ब्यवशायिहरुका लागि अनिवार्य आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ