दुर्गाप्रसाद भट्टराई/सर्लाही | मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दुर्गाप्रसाद भट्टराई/सर्लाही | मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई "/>
2026-09-03 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशीका परिवारले यस्ता कुरा नगर्नुस्, सम्बन्ध बिग्रिन सक्छ

दुर्गाप्रसाद भट्टराई/सर्लाही | मनोपरामर्श गर्ने सिलसिलामा महिनाको चार वटा समूहलाई मनोपरामर्श दिने गर्दछु । सामूहिक मनोपरामर्श परिवारको मुख्य सदस्य विदेशिएको व्यक्तिलाई लक्षित गरी गर्ने गरिन्छ । जसमा सहभागी प्रायः सबै श्रीमन विदेश भएका महिलाहरु नै हुन्छन् । 

वैदेशिक रोजगारीका कारण सम्बन्धमा देखापर्ने असरका विषयमा समूह छलफल चलाउँदा परिवारको मुख्य सदस्य विदेशिएपछि घर परिवार, आफन्त, छिमेकी र श्रीमान–श्रीमतीबिच खटपट हुने केही कारणहरु थाहा पाएँ । श्रीमान परदेशी भएका धेरै महिलाको परिवारमा देउरानी, जेठानी र सासुससुरासँग सम्बन्ध बिग्रिने समस्या देखियो । कारण कतै पैसा थियो त कतै अर्काको कुरा काट्ने प्रवृत्ति । देउरानी जेठानीहरुले यसको पो श्रीमान विदेश गएर डलर कमाउको छ अनि मिठो मिठो खान्छे भन्ने कुरा दोहोर्याउन थालेपछि सम्बन्धमा खटपट देखापर्ने रहेछ । 

मसँगको भेटमा केही महिलाले सासुससुराले छोराले विदेशबाट कमाएर पठाइदिएको पैसा बिना काममा खर्च गरिरहेकी छे भन्न थालेपछि सम्बन्ध पहिले जस्तो नभएको बताए । त्यस्तै कमाउने सपना बोकेर विदेश पुगेकाहरुको श्रीमतीसँगको सम्बन्धमा पनि सानै कुराले चिसो ल्याउने गरेको छ । विदेशबाट फर्किएपछि श्रीमानले हिसाब खोज्दा श्रीमतीले देखाउन नसक्ने वा देखाए पनि श्रीमानलाई चित्त नबुझ्दा समस्या थप जटिल बन्ने र सबन्ध नै बिग्रने गरेको पाइन्छ । त्यसैले यस्ता कुरामा सबैले ख्याल राख्नुपर्छ ।

समाजका कारण पनि सम्बन्ध बिग्रने गरेको छ । घरमा श्रीमान नभएका महिलाले केही काममा गाउँका अरु पुरुषसँग सहयोग माग्यो भने पनि नराम्रो दृष्टिकोणले हेर्ने र त्यही निहुमा सम्बन्ध बिग्रने गरेका धेरै घटना छन् । कमाउन गएको मानिस विदेशबाट दीर्घ रोगी तथा अपाङ्गता भएर फर्किंदा परिवारले सहज रुपमा नलिँदा पनि सम्बन्ध बिग्रिरहेका छन् । किनकी विदेश जानेहरुको उद्देश्य पनि कमाउने हुन्छ र परिवारको पनि । व्यावहारिक रुपमा हेर्नुपर्ने ठाउँमा पनि व्यावसायिक रुपमा हेर्दा सम्बन्ध बिग्रिएका छन् । 

यी सबै कुराको सार के हो भने जसरी महिनौं लगाएर बुनेको स्वेटर एउटा सानो किल्ला पर्ना साथ उध्रिन्छ त्यसरी नै परदेशीसँगको सम्बन्ध पनि साना साना कुरामै अडिएको हुन्छ । त्यही सानो कुराले सम्बन्ध बिग्रिन्छ । त्यसैले यस्ता कुरामा परदेशीका परिवारका सबै सचेत हुनु जरुरी छ । 

(दुर्गाप्रसाद भट्टराई सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्शकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय