2026-09-24 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चैत १ गतेदेखि मलेसियामा नेपाली कामदार पठाउन रोक’

माघ २३, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ । 

सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई आज बुझाएको छ । 

अवैध रकम उठाउने ती संस्था बन्द नगरिए वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

मलेसिया जाने कामदारबाट संस्थाले प्रति कामदार थप रु १७ हजार ५०० अतिरिक्त रकम उठाउँदै आएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई महिनाअघि नै माइग्राम, ओएसीलगायत संस्थाले कामदारबाट अवैध रुपमा रकम उठाइरहेको भन्दै ती संस्थालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी