2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पत्रकार अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित

माघ २४, पोखरा  

 पोखराका पत्रकार प्रभु अधिकारी यातायात पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले ४५ औं वार्षिकोत्सवको अबसर पारेर पत्रकार  अधिकारी नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेको हो ।  पत्रकारिताको माध्यमबाट यातायात सम्बन्धि समाचार संप्रेषण गरी योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनाल र पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले पुरस्कार राशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसका आधारमा अधिकारीलाई सम्मान गरिएको हो । अधिकारी पोखराको पहिलो टेलिभिजन  गोल्डेन आई टेलिभिजनका संवादताता हुन् । पोखरामा रहेर पत्रकारिता मार्फत यातायात क्षेत्रमा योगदान पुर्याउने एक जनालाई हरेक बर्ष यो पुरस्कार प्रदान गरिदै आएको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समितिद्धारा स्थापित पुरस्कारबाट यसअघि पत्रकार गोकुल बानियाँ र सुरेन्द्र पौडेल सम्मानित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ