१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी २१ जना घाईते

२४ माघ २०७३, सोमबार १४:३६

दिनेश ठकुल्ला/माघ २४, धनगढी । कैलालीको विभिन्न ठाउँमा आज भएको छुट्टाछुट्टै सडक दुर्घटनामा परी २१ जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो घोडाघोडी नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा नेपालगञ्जतर्फ जाँदै गरेको ना ६ ख ६३२८ नम्बरको बस अनियन्त्रित भइ पल्टिदा २० जना घाईते भएका छन् ।

 घाईते मध्ये तीन जनाको अवस्था गम्भीर र १७ जना सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको उक्त बस दुर्घटना भएपछि चालक फरार रहेको जनाइएको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१० मा विद्युतीय रिक्साको ठक्करबाट सागु राना घाईते हुनु भएको छ । 

जोगेन्द्र आउजीले चलाएको अन टेष्ट विद्युतीय रिक्साले से ३ प ३२१९ नम्बरको राना सवार स्कुटीलाई ठक्कर दिएको थियो । अटो चालक, अटो र स्कुटी स्थायी प्रहरी पोष्ट जुगेडाले नियन्त्रणमा लिएको छ ।

यसैगरी, अत्तरिया नगरपालिका–१३ मा ना १ क ९७८२ नम्बरको टिप्परको ठक्करबाट भारतीय नम्बर प्लेटको कारमा क्षति भएको छ । घटना लगत्तै टिप्पर चालक फरार भएको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन