दिनेश ठकुल्ला | माघ २५, धनगढी | जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको होटलमा अश्लिल कार्य गर्ने महिला पुरुष तथा होटल सञ्चालकलाई पक्राउ गरी उनीहरु विरुद्ध सार्वजनिक मु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | माघ २५, धनगढी | जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको होटलमा अश्लिल कार्य गर्ने महिला पुरुष तथा होटल सञ्चालकलाई पक्राउ गरी उनीहरु विरुद्ध सार्वजनिक मु"/>
2026-09-19 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

होटलमा अश्लिल कार्य गर्ने ८ जना महिला तथा पुरुष सहित संचालक पक्राउ

दिनेश ठकुल्ला | माघ २५, धनगढी | जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीको होटलमा अश्लिल कार्य गर्ने महिला पुरुष तथा होटल सञ्चालकलाई पक्राउ गरी उनीहरु विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेको छ । 

प्रहरीले मिलन चौकमा रहेको अपी नाम्पा होटल र चौराहामा रहेको नयाँराम होटलबाट चार महिला र चार पुरुषलाई अश्लिल कार्य गरेको अभियोगमा पक्राउ गरेको हो । प्रहरीले दुवै होटलका मालिकलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्ने पुरुषहरु विवाहित, अविवाहित दुवै रहेको र महिलाहरु सबै अविवाहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । 

यौनजन्य क्रियाकलामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसैबीच, धनगढी उपमहानगरपालिका–२ स्थित बियर डान्समा मादक पदार्थ सेवन गरेर राति होहल्ला गर्ने १२ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ जना महिला रहेका छन् । उनीहरु सबै विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । – फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई