सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल सं"/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

औषधि पसलमा प्रशासनको अनुगमन: भेटिए दर्ता नै नगरी संञ्चालन गरेका औषधि पसल


सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल संञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो । 

अनुगमन गर्दा सेती अञ्चल अस्पतालका डाक्टर सुरज तिवारी बिदा लिएर दर्ता नै नभएको भगवती क्लिनिकमा शिविर संञ्चालन गरेर बिरामी चेकजाँच गरिरहेका भेटिएको अनुगमन टोलीले जनाएको छ । भगवती क्लिनिकको आयोजनामा २ दिनदेखि सदरमुकाम चैनपुरमा मानसिक रोगीहरुको लागि शिबिर संञ्चालन भएको अवस्थामा अनुगमन टोलीले अनुगमन गरेको थियो । 

जिल्ला प्रशासनले अनुगमन गर्दा जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरको बिच बजारमै औषधिको दोब्बर मुल्य लिने गरेको देखि दर्ता बिना नै संञ्चालन गरेको भगवती क्लिनिक भेटिएको जिल्ला अस्पतालको डाक्टर बिष्णु खतिवडाले बताए । अनुगमन गर्दा  औषधि पसलेहरुले दोब्बर मुल्य दिएर जनताको ढाड सेक्ने गरेको छ, जनतालाई लुट्ने यस्ता औषधि पसलेहरुलाई कडा कारबार्हि गर्नुपर्ने उनको भनाइ छ । 

भगवती क्लिनिक भैरवनाथ गाविसका समीत राज धामी ले संञ्चालन गर्दै आएका छन । आजै सदरमुकाम चैनपुरमा रहेको न्यु चैन मेडीकल लगायत अन्य औषधि पसलहरुमा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।

औषधि पसल दर्ता सबै ठाउँमा भएको तर प्रमाण पत्र ल्याउन बाँकी रहेको भगवती क्लिनिक का संञ्चालक समित राज धामी बताए । औषधि पसल दर्ता गरी ६०१०६५८११ नम्बरको पान नम्बर समेत लिएको उनको भनाइ छ । 

लामो समय सम्म बझाङको सदरमुकाम चैनपुरमा यसरी दर्ता नै नगरी खुलेयाम मेडिकल संचालन गर्दै आएको भएपनि यहाँको प्रशासन मौन बस्ने गरेको स्थानिय श्याम नेपाली बताए । प्रशासनले पटक पटक औषधि पसल संञ्चालक पक्राउ गर्ने र कानुनी दायरा नल्याएरै छाड्ने गर्नाले यस्ता घटना दोहोरिने गरेको उनको भनाइ छ । 

औषधि पसलले शिबिर संञ्चालन गरेर दोब्बर मुल्य लिने गरेको जनगुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लको नेतृत्वमा अनुगमन टोली पठाएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । उनले भने अनुगमन गर्दा दर्ता नै नगरी संञ्चालन भएका औषधि पसलहरु देखि औषधि दररेटमा दोब्बर लिने गरेको देखिएकाले आवश्यक छानविन गरी काबार्हि पक्रिया अघि बढाइने छ ।  

तस्बिर: सदरमुकाम चैनपुरमा रहेको भगवती क्लिनिकमा अनुगमन गर्दे अनुगमन टोली 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई