2026-09-18 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जघन्य अपराधमा संलग्न माओवादी पूर्व लडाकु पक्राउ

दिनेश ठकुल्ला | माघ २६, धनगढी । अपहरण, हत्या, लुटपाट जस्ता जघन्य अपराधमा संलग्न भइ फरार रहेका माओवादी पूर्व लडाकु धनबहादुर राना अविरल पक्राउ परेका छन् । 

उनलाई क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिम टीमले बैलौरी नगरपालिका वडा नम्बर ८ पराउ भन्ने स्थानबाट पक्राउ गरेको हो । उनी आफनै घरमै लुकिछिपी बसी रहेको अवस्थामा गएराति पक्राउ गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) विजय भट्टले २०६६ जेष्ठ २ गते कंचनपुरको सुडामा कत्था व्यवसायी गर्दै आएका विशाल जैनलाई अपहरण पछि हत्या गरेको आरोपमा रानालाई २०६६ असार २३ गते पक्राउ गरी कंचनपुर कारागार चलान गरिएको बताउनुभयो । 

२०६६ साल असोज १२ गते कंचनपुर जेल तोडेर फरार भएका रानाले लगतै प्रहरी सहायक निरिक्षक भंगी रानालाई गोली हानी हत्या गरेका थिए । जेल तोडेर भागेका रानाले त्यसपछि विभिन्न समयमा कंचनपुरको दक्षिणी भेगमा लुटपाट, बलात्कार जस्ता जघन्य अपराध गर्दै आइरहेकामा बल्ल प्रहरी फन्दामा परेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई