१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जघन्य अपराधमा संलग्न माओवादी पूर्व लडाकु पक्राउ

२६ माघ २०७३, बुधबार १४:०३

दिनेश ठकुल्ला | माघ २६, धनगढी । अपहरण, हत्या, लुटपाट जस्ता जघन्य अपराधमा संलग्न भइ फरार रहेका माओवादी पूर्व लडाकु धनबहादुर राना अविरल पक्राउ परेका छन् । 

उनलाई क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिम टीमले बैलौरी नगरपालिका वडा नम्बर ८ पराउ भन्ने स्थानबाट पक्राउ गरेको हो । उनी आफनै घरमै लुकिछिपी बसी रहेको अवस्थामा गएराति पक्राउ गरिएको जनाइएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) विजय भट्टले २०६६ जेष्ठ २ गते कंचनपुरको सुडामा कत्था व्यवसायी गर्दै आएका विशाल जैनलाई अपहरण पछि हत्या गरेको आरोपमा रानालाई २०६६ असार २३ गते पक्राउ गरी कंचनपुर कारागार चलान गरिएको बताउनुभयो । 

२०६६ साल असोज १२ गते कंचनपुर जेल तोडेर फरार भएका रानाले लगतै प्रहरी सहायक निरिक्षक भंगी रानालाई गोली हानी हत्या गरेका थिए । जेल तोडेर भागेका रानाले त्यसपछि विभिन्न समयमा कंचनपुरको दक्षिणी भेगमा लुटपाट, बलात्कार जस्ता जघन्य अपराध गर्दै आइरहेकामा बल्ल प्रहरी फन्दामा परेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन