2026-09-18 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बर्दियामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद सुरु

माघ २७, बर्दिया । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको नवौँ संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यमिक विद्यालयमा बुधबारदेखि सुरु भएको छ । 

राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नेकपा ९एमाले० का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उद्घाटन गर्नुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै उपाध्यक्ष गौतमले खेलकुद स्वास्थ्यका लागि मात्र नभई देशकै प्रतिष्ठाको विषय भएकाले सक्षम खेलाडी उत्पादन गर्न विद्यालय नै उत्तम रहेको बताउनुभयो । खेलकुद क्षेत्रले स्थानीय क्षेत्रको मात्र नभई देशलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउने भएकाले खेलकुद क्षेत्रको विकासमा सबैजना एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । 

जिल्ला शिक्षा कार्यालय बर्दियाका निमित्त जिल्ला शिक्षा अधिकारी नीलकण्ठ रेग्मीले प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताले खेलाडी उत्पादन गर्नमा सहयोग पुग्ने बताउनभयो । प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न विद्यालयका विद्यार्थीले मार्च पास गरेका थिए । प्रतियोतिाका औपचारिक खेल भने आजदेखि सुरु हुनेछ । प्रतियोगितामा बर्दियाका ७० ओटा सरकारी तथा निजी विद्यालयको सहभागिता छ । 

प्रतियोगीतामा भलिबल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेलमा छात्रछात्रा गरी झन्डै दुईहजार पाँचसय खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद विकास समितिका अध्ययक्ष खगेन्द्र खनालले जानकारी दिनुभयो । 

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पाञ्चजन्य मावि पदनाहाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फागुन २ गतेसम्म चल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई