२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाः ढुंगाना नियूक्त

२७ माघ २०७३, बिहीबार १४:५६

माघ २७, अछाम । न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा डाक्टर सन्तोष कुमार ढुंगाना नियूक्त हुनु भएको छ । २ बर्ष देखी उपमेडिकल निर्देशकको पदमा रही काम गर्दै आउनु भएका ढुंगानालाई संस्थाले हालै मात्र  मेडिकल निर्देशकमा चयन गरेको हो । निवर्तमान मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले हिल फेलोसिप मार्फत एमपिएचको तयारी तथा बिरामीको उपचारमा बढी ध्यान दिनुपर्ने भएकाले संस्थाले ढुंगानालाई नयाँ मेडिकल निर्देशकमा नियूक्त गरेको छ ।

धिताल ६ कास्की स्थायी घर भएका डाक्टर ढुंगाना अगस्ट २०१५ देखी बयालपाटा अस्पतालमा कार्यरत हुनुहुन्छ । डाक्टर ढुंगानाले सन २००७ मा त्रिभुवन विश्वबिद्यालय महाराजगंज टिचिङ हस्पिटलबाट एमबिबिएस र सन २०१५ मा बिपी कोईराला स्वास्थ्य विशान प्रतिष्ठान धरानबाट एमडीजिपीको अध्ययन पुरा गर्नुभएको हो ।

विभिन्न संघसंस्थामा रही कार्य अनुभव लिईसक्नु भएका डाक्टर ढुंगानाले हाल बयालपाटा अस्पतालमा स्वास्थ्य उपचारसंगै हार्डजोर्नी, गर्भवती लगायत विभिन्न जटिल किसिमका बिरामीहरुको अछाममै अप्रेसन मार्फत ज्यान बचाउन सफल हुनुभएको छ । निर्देशक चयन पछि डाक्टर ढुंगानाले भन्नुभयो, बिरामीको उपचारका साथै समग्र स्वास्थ्य प्रणली सुधारका लागी आफ्नो तर्फबाट पहल रहने बताउनु भयो । अछामका साथै यस क्षेत्रका जनताको स्वास्थ्य सुधारका लागी प्रभावकारी भुमिका निवार्ह गर्ने बताउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो