दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अत्तरिया कप नाम दिइएको उक्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अत्तरिया कप नाम दिइएको उक्त"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सर्वाधिक राशिको महिला क्रिकेट अत्तरीयामा हुने

२०७३, २९ माघ शनिबार ०३:५८


दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

अत्तरिया कप नाम दिइएको उक्त प्रतियोगिता आउँदो वैशाख १४ गतेबाट सञ्चालन गर्ने आयोजक युनाइटेड अत्तरिया स्पोर्टस क्बलले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महिलाको क्रिकेट खेलप्रति आकर्षण बढाउने तथा राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । 

चार लाख भन्दा बढी रुपिया पुरस्कार राशी रहने प्रतियोगिताको विजेता टिमले नगद दुई लाख उपविजेताले एक लाख रुपिया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेट किपरले जनही १०÷१० हजार रुपिया पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव थानेश्वर भट्टले जानकारी दिनुभयो । उहाँले प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद तीन हजार रुपिया पुरस्कार प्रदान गरिने उल्लेख गर्नुभयो । 

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा एक विभागीय सहित बढीमा आठ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रत्येक टिमले चार जना विदेशी खेलाडी समावेश गर्न पाईने जनाइएको छ । 

प्रतियोगिता अत्तरिया स्थित सशस्त्र प्रहरीको खेल मैदानमा सञ्चालन गरिने भन्दै क्लबका अध्यक्ष रवि खनालले मैदान मर्मत तथा पिच बनाउने कार्य केहि दिनभित्रै सुरु गरिने बताउनुभयो । ‘वैशाख महिनामा प्रतियोगिता भए पनि मैदान वरिपरि जङ्गल रहेकाले खेलाडी तथा दर्शकललाई गर्मीबाट समस्या हुने छैन’, उहाँले भन्नुभयो–‘प्रतियोगिता सञ्चालनका लागि हामी तयारी जुटिसकेका छौं ।’

प्रतियोगिता सञ्चालनका लागि कम्तीमा २५ लाख रुपिया आवश्यक पर्ने भएकाले प्रायोजक तथा प्रबद्र्धकसंग कुराकानी भइरहेको क्लबले जानकारी दिएको छ । यस्तै, तयारीका लागि विभिन्न समिति समेत गठन भएका छन् । 

जुनसुकै प्रतियोगिताका लागि पुरुष क्रिकेटर भन्दा महिला क्रिकेटरको अभाव खड्किने गरेकाले महिला क्रिकेटर उत्पादन गर्ने तथा खेलप्रति उनीहरुको आकर्षण बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिताका व्यवस्थापन संयोजक सरोज भट्टले बताउनुभयो । उहाँले सम्भवतः पहिलो पटक मोफसलमा राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको दावी गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ