2026-09-24 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले सेक्युरिटी गार्डमा विदेश जानेहरुसँग ५ लाखसम्म अशुल्छन्


माघ २९, काठमाडौँ | बैदेशिक रोजगारीमा दुबई लगायत बिभिन्न देशमा सेक्युरिटी गार्डका लागि जाने नेपालीहरुलाई म्यानपावर कम्पनीले मनपरी रकम अशुल्दै गर्दा सरकार भने देखे-नदेखेझैँ गरेको छ | 

सेक्युरिटी गार्डका रुपमा वैदेशीक रोजगारीमा जाने कामदारमाथिको प्रतिबन्ध हटेपछी फेरी म्यानपावरहरुमा मनपरी पैसा उठाइएको विदेश गइसकेका र जाने तयारीमा रहेकाहरुले साझा सबाल मार्फत गुनाशो गरेका छन् । काभ्रेबाट बैदेशिक रोजगारीको लागि दुबई जान तयारी अवस्थामा रहेका एक नेपालीका अनुसार म्यानपावरले ५ लाख उठाएको खुलाशा गरे । उनले दुबई पुगेपछि आफ्नो तलब खान/बस्न सहित ७० हजार भन्दा बढी हुने आश्वासन दिएकाले यत्रो रकम तिर्न बाध्य भएको बताए । ति युवाले आफु विदेश जाने अन्तिम तयारीमा रहेको भन्दै सम्बन्धित म्यानपावरको नाम दिन मानेनन् । उनले हामीसंगको कुराकानीमा भने ‘नाम दिएर के गर्नु सर ? मसँग पैसा बुझाएको प्रमाण छैन । डेढ महिना अघि भिषा अगावै १ लाख बुझाएको थिएँ र फेरी केहि दिन अघि मात्र ४ लाख बुझाईसकें ।’ ऋण खोजेर ल्याएको पैसा फस्यो भने आफू बर्बाद हुने बताउँदै उनले सरकार भित्रै पनि म्यानपावरको मिलेमतो रहेको आरोप लगाए । उनि भन्छन ‘सरकारले चाहे के हुँदैन ? उनीहरुकै फाइदाको लागि अब मैले ८ महिनासम्म बिदेशमा पसिना बगाउनुपर्छ ।’  

बिदेशमा कमाउने आशा सहित उनि जस्तै हजारौं नेपाली अहिले यस्तै समस्यामा फसेका छन् । विदेश नजाउँ परिवार चल्दैन, विदेश जाउँ म्यानपावरले लुटेर लिन्छ, म्यानपावरलाई लुट्न नदिउ विदेश जान पाइंदैन । सबैले बाध्यताकै कारण चर्को रकम तिर्छन । देशमै रोजगारीको अवस्था नहुँदा विदेश जाने नेपालीहरुबाट मनोमानी रकम अशुल्ने तथा विदेश गएर पनि भनेजति तलब/सुबिधा हुने-नहुने आशंका रहन्छ । म्यानपावरले जति धेरै तलब उति धेरै पैसा अशुल्ने परिपाटी मौलाउंदै गर्दा त्यसको प्रत्यक्ष मार बैदेशिक रोजगारीमा जाने युवाहरुलाई परेको छ । 

यता म्यानपावरहरुले भने डिमाण्ड ल्याउन सम्बन्धित देशका एजेन्टहरुलाई पैसा तिर्नुपर्ने हुँदा बढी लिनु परेको बताउँदै आफुलाई चोख्याउदै आएका छन् । सरकारले बढी अशुल्नेलाई कारबाही गर्ने नीति बनाएको छ तर जनता प्रत्यक्ष लुटिईरहँदा सम्बन्धित निकायहरु मौन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी