फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका सा"/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्वूवियू चुनावको माहौल बनाउदै गणेश

१ फाल्गुन २०७३, आईतवार ०९:२६

फागुन १, काठमाण्डौ । विगत ८ वर्षदेखि गर्न नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको घोषणा भएपछि विद्यार्थी नेताहरु पनि आ–आफनो पक्षमा विद्यार्थीलाई पार्न जोड तोडका साथ लागि परेका छन । 

विहानको पर्खाईमा बसेका विद्यार्थी नेताहरु साझ नपरुञ्जेल फुर्सदमै हुन्नन । नया विद्यार्थीलाई चिल्ला कुरा गरेर फकाउन होस या पुराना विद्यार्थीको मन जित्न । देशै भरिका क्याम्पसहरुमा यहि दृश्य देख्न पाईन्छ । मोफसलका क्याम्पस र विद्यार्थी नेताहरु पनि चुनावले तात्तिएका छन । त्यसैमा पनि देशकै ठुलो प्रतिष्ठत र पुरानो कलेजको त कुरै गरेर साध्यै छैन । धेरै विद्यार्थी रहेको त्रिभविन विश्वविद्यालयमा विभिन्न विद्याथी सगठनका आकाङक्षी उम्मेद्वारहरुको त कुरै छोडौ, एउटै सगठनबाट पनि धेरै जना आकाङक्षी छन । कून सगठनबाट को उम्मेद्वार बन्ने भन्ने टुङगो भने लागि सकेको छैन ।   

उम्मेद्वारको टुङगो नलागेपनि विद्यार्थी नेताहरु भने आफनो पक्षमा चुनावको माहौल बनाउने लागेका धेरै भईसकेको छ । करिव एक दशकदेखि नेपाल विद्यार्थी सघमा सक्रिय भएर लागि रहनुभएका सुदूरपश्चिमको विकट पहाडी जिल्ला अछामका गणेश ठकुल्ला पनि स्ववियू चुनावको लागि कस्सिएर लागि रहनुभएको छ । हाल त्रिविको नेपाल विद्यार्थी सघ अछाम काठमाण्डौ सम्पर्क समितिका सचिव समेत रहनुभएका ठकुल्ला नेविसघका सम्भावित उम्मेद्वार हुन । यद्यपी टुङगो भने लागि सकेको छैन तर, उनको पक्षमा धेरै विद्याथीको समर्थन जुटदै गएकाले उनी नेविसको आधिकारीक उम्मेद्वार हुने धेरैको अनुमान छ । विद्यार्थी नेत्वृत्व राजनीतिक मुद्धामा अल्झिएको प्रति चिन्ता व्यक्त गर्ने ठकुल्ला अवको विद्यार्थी नेत्वृत्वले आर्थिक र विकाशको मुद्धालाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । ढुङगा मुडा, टायर बाल्ने, जुलुस र्यालीमा विद्यार्थी सक्रिय हुनुभन्दा विकाश निर्माणका काममा लाग्नुपर्ने उहाको जोड छ । 

मावि तहबाटै २०६३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय ठकुल्ला २०६६ सालमा नेविसघ बरदादेवी गाउ ईकाई समितिको सभापति हुनुभएको थियो । २०६६ सालमै नेपाली काग्रैसको क्रियाशिल सदस्यता, २०६९ सालमा नेविसघ कैलालीको ११ औ जिल्ला प्रतिनिधि हुदै ठकुल्ला अव केन्द्रिय राजनीतिमा आफनो स्थान सुरक्षित गर्ने प्रयासमा छन । उहाले अछामको बर्दादेवी गाविसमा रहेक सरस्वती उच्च माविबाट २०६४ सालमा एसएलसी,  २०६७ सालमा १२ कक्षा पास गर्नुभएको थियो । २०७० मा कैलाली बहुमुखी क्याम्पसबाट स्तानक तह उत्तिर्ण गर्नुभएका ठकुल्ला हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रिय व्यवस्थापन सकायमा अध्ययनरत हुनुहुन्छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलहरुको बैठक अभ्यास खेलमा अमेरिका ए टोलीसँग नेपाल ४ विकेटले पराजित यस्तो रहनेछ आजको मौसम, हल्का वर्षाको सम्भावना बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी