दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय"/>
१३ माघ २०८२, सोमबार
अर्थ/विकास

इनभेष्टमेण्ट बैङ्कबाट २४ लाख रुपैया गायब

१ फाल्गुन २०७३, आईतवार १४:४५

दिनेश ठकुल्ला | फागुन १, धनगढी | कैलालीको धनगढी स्थित इनभेष्टमेण्ट बैङ्क लिमिटेडबाट करिब २४ लाख रुपैया गायब भएको रहस्य बाहिर आएको छ ।
बैङ्कको शाखा कार्यालय स्थित एटीएममा राख्नका लागि तयार पारिएको रुपैया एटीएममा नराखी शुक्रवार गायब पारिएको समाचार स्रोतले जनाएको छ । ठूलै रकम गायब भएपछि आवश्यक सोधपुछका लागि बैङ्ककका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती पाण्डेय हेलिकप्टर चार्टर गरेर धनगढी पुग्नु भएको छ । उहाँले बैङ्कका कर्मचारीसंग सोधपुछ गरिरहेको जनाइएको छ । बैङ्कले उक्त घटनालाई अहिलेसम्म गोप्य राखेको र भित्रभित्रै मिलाउन खोजिएको समाचार स्रोतको दावी छ । 
आइतवार बैङ्क खोल्नु पर्ने भएपछि मात्रै घटनाले खैलाबैला मच्चाएको छ । बैङ्ककको रुपैया गायब भएसंगै लगाइएको ताल्चाको चावी समेत गायब पारिएको छ । आइतवार बैङ्कका कर्मचारीले ताला तोडेर बैङ्क खोलेका थिए । घटनालाई लुकाउन खोजिए पनि बैङ्कका म्यानेजर राजेन्द्रबहादुर सिंहले आवश्यक छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बैङ्कले पत्र लेखेको स्वीकार गर्नुभयो । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बैंककै घटना शंकास्पद देखिएकाले शंका लागेका बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले एटीएममा तोडफोड समेत नभएको उल्लेख गर्दै घटनाबारे छानविन भइरहेको जानकारी दिनुभयो । अनुसन्धान जारी रहेकोले प्रहरीले नियन्त्रणमा लिएको कर्मचारीको नाम खुलाइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन