– बिनोद चौधरी /बिजनेस मन्त्र
जुनबेलादेखि मैले उद्योग प्यापारमा हात हालें
, मलाई परिस्थितीले धेरै हदसम्म सोचे भन्दा पहिल्यै सोच भन्दा बढ्ता जिम्मेवारी लिनु पर्ने ठाउँमा
उभ्याइदियो । न कुनै तयारी थियो न शिक्षा र अनुभविले म निपुर्ण थिएँ । तर जिवनका प्रत्येक उताड चडावमा
मैले शुरु देखि आफुलाई गम्भिरता पुर्बक सामेल गराउँदै लगें । यसले मलाई आफु कहाँ छु र कहाँ पुग्नुछ
भन्नेमा कुनै दुबिधा रहेन । मेरो एउटै संकल्प थियो जसरी पनि आफ्नो पारिवारिक व्यवशायको बागडोर सम्हाल्नु
पर्छ र त्यसलाइै नै उचाईमा पु¥याउनु पर्छ ।
सफलता भनेको तुलनात्मक हुन्छ । दशरथ रंगशालामा म्याडोना जन्मिन गाह्रो छ ।
म्याराडोना बन्न सुबिधा सम्पन्न मैदान चाहिन्छ । खेल बुझ्ने र नितीगतरुपमा त्यसलाई प्रबन्धन गर्न साथ
दिने सरकार चाहिन्छ । स्वच्छ प्रतिस्पर्धा रुचाउने साथिहरु चाहिन्छ । पिठ थप्थपाएर हौस्याउने दर्शक
चाहिन्छ । यति हुँदाहुँदै आफुले पाएको मैदानमा अब्बल ठहरिन केहि शिप र गुण खेलाडिमा हुनैपर्छ । कोहि
कागतालिमा अब्बल बन्न सक्दैन भएपनि टिकीरहन सक्दैन । मैले हार्वर्ड एमआईटि वा ह्वाटन बिश्व विद्यालयमा
पढेको छैन । तर आफ्नो बजार चेतका आधारमा यस्त यस्ता निर्णय लिएको छु । जुन निर्णय लिन हार्वर्डका
प्राध्यापकले दशचोटी बजार सर्बेक्षणको चक्कर काट्छन् ।
यहि
अनुभव बाट म व्यवशाहिक हुनुपर्ने केहि गुण र शिपलाई यहाँ बुदागत प्रस्तुत गर्न गइरहेको छु । मैले आफ्ना
बिजनेस मन्त्र ठानेपनि यि सफलताका अचुक उपाय होइनन् । हुनै सक्दैनन । जिन्दगी यति सहज भैदिएको भए
संसारमा सफलताका कथाहरु लेखिने थएनन् ।
१. उच्च
महत्वकांक्षा
२. संगठन निर्माण
३. हार नखानुस
४. बजार चेत
५. नकारात्मक सोच्नुको फाइदा
६. ब्याग्रता नेगोसियसनको
सत्रु
७. सफलताले सफलता पछ्याउँछ ।
८. खर्च घटाउनुस् ।
९. अनुशासन ।
१०. अपडेट रहनुस ।
११. आत्म आलोचना
-मेरो रिस
-मेरो आक्रमक
स्वभाग
-मेरो जनशक्ति व्यवस्थापन
१. उच्च महत्वाकांक्षा
महत्वाकांक्षा शब्दलाई हाम्रा समाजले जहिल्यै नकारात्मक ढंगमा बुझ्यो । हाम्रो प्रगतिको बाधक यहीहो ।
मैले जुन मुकाम हासिल गरेको छु, त्यो उच्च महत्वाकांक्षा राख्ने मेरो बानीर दृढ इच्छाशक्तिको परिणाम हो
। महत्वाकांक्षाले पेटमा भोक जन्माउँछ । यही भोकले मान्छेलाई अगाडि बढ्ने प्रेरणा पनि दिन्छ, दबाब पनि ।
बुवाको जुत्तामा खुट्टा हालेदेखि मेरो मनमा त्यतिखेर नेपालकै ठूला व्यापारिक घराना भनिएकाहरु भन्दा ठूला
हुने लक्ष्य थियो । हिजोसम्म किन हामी उनीहरुको दाँजोमा पुग्न सकेनों र आफूलाई त्योभन्दा बढ्ता उचाइमा
पु¥याउन के गर्नुपछ भन्ने सोचबाट मेरा सारा योजना र कार्यक्रम निर्देशित भए । त्यो एक किसिमले भन्दा,
भर्खर थिरथिर गर्दै उभिन खोजेको बच्चा दौडिन खोजेजस्तो थियो ।
आज पनि काठमाडौंमा बुवाको पालाका व्यापारीहरु थुप्र्रै छन्, जो किराना दोकानमै सन्तुष्ट भएर बसिरहेका
छन् । वा,कमजोर मनोबलाई सराप्दै हाम्रो ईष्र्या गर्छन् । ठूला स्तरमा कारोबार फैलाउँछु, ओद्योगिक समूह
स्थापना गर्छु वा अत्तराष्ट्रिय स्तरको प्रतिष्ठान बनाउँछु भन्ने लक्ष्य नलिने हो भने बिजनेसमा हात
नहोले हुन्छ । मैले वाइवाइ चाउचाउ सुरु गर्दा नेपालमा राराको दबदबा थियो । भारतबाट आउने म्यागीले पनि
राम्रै बजार लिएको थियो । म यो प्रतिस्पर्धाबाट डराएको भए न वाइवाइ आउँथ्यो, न चौधरी गु्रप आजको
हैसियतमा पुग्थ्यो ।
२. संगठन निर्माण
२०३०, ३१ सालसम्म हाम्रो व्यापारको दायरा के थियो? खिचापोखरीको अरुण
इम्पोरियमलाई नै सानोतिनो अफिसको रुप दिएका थियौं । बसोबास त्यही घरमा थियो । कर्मचारी थोरै थिए ।
त्यस्तो सीमित आधारमा काम गर्दा पनि मैले चार्टर्ड एकाउन्टेन्ट नियुक्त गरेँ । स्टेनो ग्राफर राखेँ ।
आयात—निर्यात बुझेका बिशेषज्ञ कर्मचारी ल्याएँ । त्यो बेला नेपालको कुनै व्यापारिक संस्थामा चार्टर्ड
एकाउन्टेड वा बिशृषज्ञ कर्मचारी राख्ने चलन थिएन । परिवारको सदस्यले जति जानेको छ , जे जानेकोछ, त्यति
भरमा बिजनेस चल्थ्यो । मैले त्यो संस्कार तोडेर संगठन निर्माणमा जोड दिएँ । एक्लो परिश्रमले ठूलोलक्ष्य
हासिल हुदैन । यसनिम्ति ठूलो संगठन चाहिन्छ । व्यावसायिक व्यक्तिहरुको समूह चाहिन्छ । त्यसैको परिणाम,
अरुण इम्पोरियमको वृक्ष झ्याङ्गिदै आज चौधरी गु्रपको रुप लियो ।
३. हार नखानुस् ।
मेरो ब्याबसायिक
जिबनमा धेरैचोटि यस्ता क्षण आए जसले मलाइ भित्रैदेखी गलाइदियो । या ेलडाइमा त जित्दिज्न कि क्या हो
भन्ने भयले आक्रान्त बनायो तै पनि म लडिरहेँ । बुवा रोगले थलिँदा आफू जति अनुभवहीन भए पनि पशुपति
बिस्कुट र मैदा मिलको कायाकल्प गर्न कुनै कसर छाडिनँ । २०३६ सालपछि एउटा राजनीतिक समूह मेरो बिरोधमा
ओर्लियो, मैले हतास नभएर त्योभन्दा शक्तिशाली अर्को समूहसँग आफूलाई आबद्ध गराएँ ।
यस्ता उदाहरण थुप्रै छन् । भारतको अन्सल समूहसँग मिलेर काठमाडौ्र रेजिडेन्सी सञ्चालन
गर्दा सुरुमा नमीठो अनुभव गर्नुपरेको थियो । भनेको समयमा आयोजना पूरा गर्न सकिएन । कम्पनीको बाचाअनुसार
सेवासुविधा नपाएको गुनासो उपभोक्ताबाट सुनियो । मैले यसलाई गतिलो पाठका रुपमा लिएँ । यही अनुभवबाट सिकेर
त्यो भन्दा ठूलो स्तरका हाउजिङ प्रोजेक्टहरु सञ्चालन ग¥यौं । गरिरहेको छांै ।
मैले २०४४÷४५ सालतिरै उर्जा र सिमेन्टमा लगानी गर्न खोजेको थिएँ । बिभिन्न मानवसिर्जित
कारण र अस्वस्थ प्रतिस्पर्धा कार्यान्वयन हुन सकेनन् । मोदी खोलादेखि बुटवल पावर कम्पनीसम्मका आयोजना
एकपछि अर्को तुहिए । यति हुँदा पनि उर्जा क्षेत्रमा देखिनेगरी उपस्थिति जनाउने संकल्पबाट पछि हटिनँ । आज
हामी भारतकै एक ठूलो उर्जा कम्पनी कोस्टल इनर्जीसँग मिलेर जलबिद्युत आयोजनाहरुमा लगानी गर्न अग्रसर छौ्र
।
सिमेन्टमा पनि जमानामै सरकारी स्वामित्वको हिमाल सिमेन्ट कम्पनी
लिन खोजेका थियौ्र । त्यतिखेरको राजनीतिक खिचातानीमा साम्प्रादायिक नारा लगाएर हामीलाई हात हाल्न दिइएन
। आज हिमाल सिमेन्टको दुर्दसा के छ? जबकि हामी नेपाल, म्यानमार, श्रीलंका, मोजाम्बिक र कम्बोडियामा ठूला
सिमेन्ट उद्योगहरु स्थापना गर्ने तयारीमा छौं ।
भन्नुको मतलब,
जस्तोसुकै बिध्नबाधा आए पनि आफ्नो अभियानमा भिडिरहन्छु । एउटा नभए अर्को, अर्को नभए अर्को आयोजना पहिचान
गर्नतिर मेरो सारा ध्यान र शक्ति केन्द्रित हुन्छ । अनुकुल अवस्था आउनेबित्तिकै र सम्भाव्य परियोजना
भेट्नेबित्तिकै लगानी गर्न कम्मर कसिहाल्छु ।
४. बजार
चेत
मोटामोटा ग्रन्थमा भेटिने लामालामा थ्योरी ले
बिजनेस चल्दैन । त्यो व्यापारबिज्ञ उत्पादन गर्न काम लाग्ला व्यापारी जन्माउन होइन । व्यापारी जन्मन्छ
बजार चेतले ।
निकैअघि सुनेको बाटा जुत्ता कारखानाको कथा यहाँ
जोड्न चाहान्छु – अफ्रिकाको एउटा देशमा जुत्ता लाउने चलन थिएन । बाटा जुत्ता कारखानाका संस्थापक थमस
बाटाले व्यवस्थापनका दिग्गज परामर्शदातलाई त्यहाँको बजार सम्भाव्यता अध्ययन गर्न खटाए । एक महिना
घुमबरी, सयौसँग अन्तर्वार्ता लिएर उसले प्रतिवेदन दिएछ – त्यो देशका मान्छेले जिन्दगाीमा जुत्ताचप्पल
देखेकै छैनन्, त्यहाँ एकजोर पनि बिक्ने सम्भावना छैन । थमसले निकैबेर घोरिएर निर्णय सुनाए, म त्यही
देशमा आफ्नो उत्पादन लैजान्छु ।
सबै चकित परे । उनले भने,
त्यहाँका मान्छे जिन्दगीभर खाली खुट्टा हिँडे, हाम्रो सबभन्दा ठूलो बजार त्यही हो । खाली उनीहरुलाई
जुत्ता लगाउन सिकाउनुपर्छ । नभन्दै अफ्रिकाको त्यो देशमा जुत्ता यति लोकप्रिय भयो, बाटाले त्यहाँ नयाँ
कारखाना खोल्यो । बजार चेत भनेको यही हो ।
मैले थाई फुडसँग
सहकार्यको हात बढाउनुअघि किसिमको बजार सर्वक्षण गेरेको थिइनँ । न भारतमा प्लान्ट लगाउनुअघि सम्भाव्यता
अध्ययन गरँ । मेरो चेतनाले ने मलाई बाटो देखायो । मैले नयाँ व्यापारमा हात हाल्दा परामर्शदाताबाट बजार
सर्वक्षण गराउने र प्रतिवेदनको खात थुपार्ने कामलाई प्राथमिकता नदिनुको कारण यही हो । मलाई आफूभित्रको
बजार चेतप्रति पूरा भरोसा छ । अहिलेसम्म जतिकाम थालेँ, जति नेगोसिएसन गरँ, ती सबैमा यही चेतनाले काम
ग¥यो ।
५. नकारात्मक सोच्नुको फाइदा
जिन्दगाीमा सधै सकारात्मक सोच्नुपर्छ भन्ने आमभनाइसँग म सहमत छैन ।
तपाईलाई सुन्दा अचम्म लाग्यो होला? म प्रस्ट पार्छु । ठिकै छ, राम्रो छ वा ठिकै होला, राम्रो होला भन्ने
भावना मलाई यथास्थितिबादले सूचकजस्तो लाग्छ । कहिल्यै सन्तुष्ट हुनु हुदैन भन्ने हो । प्रगतिमा सबभन्दा
ठूलो बाधक भनेकै जे हासिल भयो त्यसैमा चित्त बुझाएर बस्ने बानी हो । म यसको बिरोधी हुँ ।
नयाँ काममा हात हाल्दा अरु मान्छे त्यसका सकारात्मक पक्षतिर जोड दिन्छन् । म
जहिल्यै नकारात्मक पक्ष मनमा खेलाउँछु । सकारात्मक कुरा त सकारात्मक भइहाले । त्यो नभइदिएको भए त्यसमा
हातै हालिन्थेन । बरु नकारात्मक पक्ष के हुन्, के कस्ता चुनौती आउनसक्छन्, बिरोधीहरुको प्रतिक्रया के
हुनसक्छ, यस्ता कुरामा मेरो ध्यान बढ्ता जान्छ । म सहकर्मीहरुलाई पनि यस्तै बिषयमा केन्द्रित हुन सतर्क
गराउँछु । यसको फाइदा नियन्त्रण उपायतर्फ ध्यान जान्छ । कुशल व्यवस्थापक सँग एउटा समस्या हल गर्न
कम्तीमा तीन उपाय हुनैपर्छ । एउटामात्र उपाय सोच्नुभयो र दुर्भाग्यले त्यो असफल भइदियो भने शून्यमा
झरिने डर हुन्छ ।
६. व्यग्रता नेगोसियसनको
शत्रु
नेगोसिएसनमा बस्दा आफूलाई जति व्यग्र
देखायो,उति कमजोरी उदांगो हुन्छ । सामुन्नेको व्यक्ति जतिसक्दो ङ्याक्न खोज्छ । नेगोसिएसनको जित–हार
मान्छेको बोल्ने शैलीर प्रस्तुतिमा पनि भर पर्छ । म जहिल्यै आफ्नो सर्त, आफ्नो समथ्र्य र आफ्नो
हिस्सालाई अधिकतम बिन्दुमा राखेर नेगोसिएसनमा बस्छु । जस्ता, मैले खोजेको न्युनतम बिन्दु ५० हो भने १००
बाट सुरु गर्छु । धेरैजसो ७० मा सम्झौता भइहाल्छु । नेगोसिएसनमा आफ्नो फाइदातिर ध्यान दिने त छँदैछ,
सँगै अर्को पक्षलाई पनि फाइदा हुने वातावरण बनाउनकसे राम्रो नतिजा आउँछ । नेगोसिएसनको पहिलो र सबभन्दा
महत्वपुर्ण सर्त भनेकै अर्को पक्षलाई प्रभावित पारेर उसलाई कुनै हातलमा डिल छोड्नु हुँदैन भन्ने अनुभुति
दिलाउनु हो ।
कहिलेकाँहि अनावश्यक अडान राख्दा नेगोसिएसन सफल
हुँदैन । व्यवस्थापन शुल्कमा बराबरी साझेदारी अङ्को थाप्दा बम्बईको ल्यान्ड्स एन्ड होटल हातबाट फुस्केको
प्रसंग अगाडि भनिसकेँ । एयरटेलसँगको डिलमा त्यसैगरी समयसापेक्ष निर्णय लिन सकेको थिइनँ ।
यो युटिएल र मेरो मोबाइल भित्रिनुअघिको करा हो । म भारतको एयरटलसँग नेगोसिएसन
गरिरहेको थिएँ । ऊ हामीसँग साझेदारी गर्न तयार थियो । उसको माग थियो, ५१ प्रतिशत सेयर । म भने ५०–५०
प्रतिशत हुनुपर्छ भन्ने अडानबाट टसमस भइनँ । नेगोसिएसन असफल भयो । एयरटेल आएन । मैले टूरसञ्चारमा लगानी
गर्ने योजना थाती राखेँ ।
७. सफलताले सफलता पछ्याउँछ
।
अंग्रेजीमा भनाइ छ — नथिङ सक्सिङ्स लाइक सक्सेस् ।
अर्थात सफलताले सफलता पछ्याउँछ । एकचोटि कुनै काममा सफल हुनुभयो भने अरु क्षेत्रमा सफलता पछ्याउँदै आउँछ
।
बिजनेसमा खट्टा दह्रो पार्न दुनियाँले देख्ने केही सफलताका
कथा रच्नैपर्छ । ताकि, त्यही कारोबारबाट आकर्षित भएर सबैले तपाईलाई पत्याउन् । यसले बिग्रेका अरु काम
सपार्दै लैजान्छ। एउटा काम नजम्दै अनेकमा हात हाल्ने बानीले बजारमा प्रभाव जमाउन सकिन्न । नयाँमा हात
हाल्दा पनि सकभर परिपूरक क्षेत्र रोज्नुस् । अनुभवै नभएको नभएको काममा बढ्ता मिहिनेत पर्छ । पुरानो
कामसँग केही न केहि सम्बन्ध जोडिएको क्षेत्रमा तुलनात्मक लाभ बेसी हुन्छ । मैले पशुपति बिस्कुतसँगै
महालक्ष्मी मैदा मिल सुरु गरँे । दवै जमेपछि वाइवाइ थालेँ । यी तीनै व्यवशाय एक अर्कासँग आबद्ध छन्
।
८. खर्च घटाउनुस
हामीले नेपाल, म्यानमार, श्रीलंका लगायत देशहरुमा एकैचाटि सुरु गर्न लागेका सिमेन्ट
आयोजनाहरुको कुल लागत १२०० करोड रुपैयाँभन्दा बढी छ । यसका धेरै काम अघि बढिरहेका छन् । तर, चौधरी
गु्रपको कर्पोरेट अफिस आएर हेर्ने हो भने यसको सुइँकेसम्म पाइन्न । यो १२०० कारोडको आयोजना हाँक्ने समूह
जम्मा तीनजनाको छ, जसले आफ्ना नियमित कामसँगै यसलाईसमय दिइरहेका छन् । उनीहरुको महिनाको खर्च दुई–अढाई
लाखभन्दा बढ्ता छैन । अरु बिजनेस हाउस भइदिएको भए तीनैवटा आयोजना स्थलमा छुट्टाछुट्टै अफिस खोलिसक्थ्यो
। धमाधम कर्मचारी राखिसक्थ्यो । बढ्ता तामझाम देखाएर २—४ करोड अहिल्यै खर्च गरिसक्थ्यो । हामी भने
गुपचुप काम गरिरहेका छौ । मेरो लागत प्रभावकारिताको सिद्धान्त यही हो ।
९. अनुशासन
अनुशासनमा दुइटा कुरा
पर्छन् – ब्यतिmगत चालढाल र समय ब्यबस्थापतन । तपाई आफ्ना सहकर्मीसँग कस्तो व्यवहार गर्नुहुन्छ ? आफ्ना
साझेदार बीक्रेता खरिदकर्तासँग कसरि प्रस्तृुत हुनुहुन्छ ? यसले तपाईको व्यतिmगत अनुशासन निर्धारण गर्छ
। जोसँग जे मन लाग्यो त्यही गफ हाक्ने बानीले तपाइको वजन घटाउछ । सहकर्मिसँग साथीको व्यवहार गर्नुपर्छ
भन्ने भनाईसँग म सहमत छु तर त्यसको सीमा हून्छ । एकदमै नजीकको सम्बन्ध गाँसीयो भने न आदेस दीन
सक्नुहुन्छ न काम बीगार्दा हप्काउन सक्नुुहुन्छ । कम्पनीका लागी सबभन्दा डरलाग्दो पक्ष यही हो ।
कर्मचारीका अाँखामा आफुप्रती आदर प्रेम र डर सन्तुलित राख्नुको बिकल्प छैन।
समय संसारको अमुल्य चिज एकचोटि गुमेपछि अर्बौ डलर तिर्छ भने पनि फर्ता पाइन्न । भएको सीमित
समय अधिकतम उपयोग कसरी गर्ने ? मूल सवाल यही हो । फेरि े जीवनको अर्थ उधोगधन्दा र व्यापार व्यवसायमात्र
होइन । परिवार साथिभाइ समाज र व्यतिmगत जीवन पनि छ । जति समय व्यावसायीक जिवनलाई छुट्याउनुभएको छ
त्यसलाई उपलब्धिमुलुक र परिणाममुलक बनाउन समय व्यवस्थापनमा कन्जुस हनैपर्छ । सबभन्दा दुर्लभ वस्तु नै
राम्ररी सम्हाल्न नसक्नेले अरुथोक कसरी सम्हाल्छ।
१०.
अपडेट रहनुस्
म हेरीजानेको मान्छे हु । जे सिकेँ जे जाने
सबै अर्काको हेरेर हो । म प्रसस्त मान्छेहरुसँग संगत गर्छु । हरेक नयाँ ठाउँ जादा नय साथीहरु बनाउछु ।
उनीहरुका कुरा सुुँन्छु । उनीहरुलाई पढ्छु । उनीहरुका तौलतरिका सिक्छु । मेरो नीम्ती बिजीनेस पाठशाला
भनेको यही हो । साँघुरो दायराभित्र रमाएर बस्नेले फराकीलो विजीनेस गर्न सक्दैन । आकाश सबैका लागी उत्रै
हन्छ । तपाइ कत्रौ भाग ओगट्न सक्नुहुन्छ यो तपाईको खुवीमा भर पर्छ ।
लवाइखवाइ बोलाइ र समग्र व्यतmत्व विकासको निम्ती यो उत्तीकै जरुरी कुरा हो । बाहीरी संसारसँग
जती अपडेट रह्यो मान्छेको ब्यक्तित्वमा उती निखार आउछ । मेरा पनि प्रशस्तै कमजोरी थिए । अझै छन् । ती
कमजोरीहरुप्रति लघुताभास राखेर मैले आफुलाई सिमित दायाराभित्र खुम्च्याइनँ । म आफ्ना कमजोरीलाइ जितेर
फैलीन चाहन्थे । त्यसैले नजानेका कुरा सिक्न कहीलै दकस मानिन ।
सानैदेखी जतीसुकै नयाँ परिस्थीती वा भुमीकामा पनि आफ्नो उपस्थीती देखाउनैपर्ने मेरो स्वभाव
रह्यो । यो तबमात्र सम्भब छ जब तपाई संसारभरिका घटनात्र्mमसँग अपडेट रहनुहुन्छ ।
(बिनोद चौधरीको आत्मकथा पुस्तकबाट
लिइएको)