१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका स्थानीय निकायमा कामकाज ठप्प, सेवाग्राही मर्कामा

३ फाल्गुन २०७३, मंगलवार १५:५९

कमल रावल | फागुन ३, अछाम | अछाम जिल्लामा स्थानिय निकायको कामकाज विगत ३ दिन देखि कर्मचारीले ठप्प पारेका छन् । विभिन्न माग राख्दै स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण कामकाज ठप्प भएको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पारेका छन् भने कलम बन्द जस्ता कार्य पनि गरेका छन् । अछाम जिल्लाका ३ बटै नगरपालिका तथा जिल्ला विकास समितिमा स्थानीय निकायका सबै कर्मचारीले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका स्थानीय निकाय कर्मचारी संघ जिल्ला संघर्ष समितिका संयोजक खडक बिष्टले बताउनु भयो । आफुले चरणबद्ध रुपमा आन्दोलन गरिरहेको र माग पुरा नभए आन्दोलन जारी रहने उहाँले बताउनु भयो । आफ्ना मागका बिषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि कार्यालयमा तालाबन्दी सहित पुर्ण रुपमा काम रोकिएको उहाँले बताउनु भयो । 

कर्मचारीको आन्दोलनका कारण सेवाग्राही भने सेवा लिनबाट बञ्चित भएका छन् । कामको लागि कार्यालय जाने सेवाग्राही कर्मचारीको धर्नाका कारण काम गर्न नपाई फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन