कमल रावल । फागुन ३, अछाम । खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महोत्सव मुल आयोजक समिती लुग्राका संयोजक मेघ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल । फागुन ३, अछाम । खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महोत्सव मुल आयोजक समिती लुग्राका संयोजक मेघ"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को उद्घाटन

२०७३, ३ फाल्गुन मंगलवार १६:०२

कमल रावल । फागुन ३, अछाम । खापरमाण्डौ दया पिपलतोला धार्मिक तथा शैक्षिक महोत्सव २०७३ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । महोत्सव मुल आयोजक समिती लुग्राका संयोजक मेघराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनी प्रमुख अतिथी रहनु भएको थियो भने प्रमुख कथा बाचक अन्र्तराष्ट्रिय भागवत भुषण बाचक सिरोमणी श्री नारायण शरण ज्यू पूज्य संञ्जेल जी महाराज, उप कथा बाचक अचुत शरण बिशिष्ट अतिथी रहनु भएको थियो । 

कार्यक्रममा जिल्ला अदालत अछामका श्रेष्तेदार दिपेन्द्र नाथ योगी, ब्रह्म कुमारी ईश्वरिय विश्व बिद्यालयका कविता दिदि, अधिबक्ता खडक बहादुर खड्का, महिला अधिकार मंचका अध्यक्ष अप्सरा कुवर, लुग्रा महिला अधिकार मंचका अध्यक्ष हिरा जोशी, निर्माण ब्यावसायी जय बहादुर साउद, मुल आयोजक समिती उप संयोजक राम बहादुर खड्का लगायतले शुभकामना मन्तब्य राख्दै महायज्ञलाई उपयोगी बनाउनु पर्नेमा जोड दिएका थिए । दया पीपलतोला माविलाई उच्च मावि तथा प्राविधीक कक्षा संञ्चालन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो । महायज्ञ मुल आयोजक समितीका महासचिव प्रेम बहादुर खड्काको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन रामचन्द्र जोशीले गर्नु भएको थियो । 

महायज्ञको पहिलो दिन अधिबक्ता खडक बहादुर खडकाले ५१ हजार एक सय ५१, साफेबगर नगरपालीका ८ घर भई हाल काठमाण्डौ बस्दै आउनु भएका भक्त बहादुर ठकुल्लाले ३१ हजार, होमनाथ पौडेलले २१ हजार, लुग्रा गाविस वडा न ३ का नन्द राज पाण्डेले २५ हजार एक सय २५, यसैगरि वडा न २ निवासी योगा खड्काले २१ हजार एक सय ५, सिउडी गाविस निवासी जय बहादुर साउदले ११ हजार एक सय ११, लुग्रा २ का नृप खड्काले ११ हजार ५२ रुपैया तुला दान गरेका महोत्सव मुल आयोजक समितीले जनाएको छ  । महायज्ञ यही फागुन १० गते सम्म संञ्चालन हुने प्रचार प्रसार समितीका संयोजक बिक्रम परियारले जानकारी दिनु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी