फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

६ वर्षीया नाबालिकाको बलात्कार, हत्या गरेर खोलामा फालिएको भेटियो

२०७३, ४ फाल्गुन बुधबार ०२:१४

फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ।

सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई वुधबार थप अनुन्धान सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।

मृतक नाबालिका स्थानीय विद्यालयमा एल केजीमा अध्ययनरत थिईन्। उक्त घटना पछि चन्द्रौटा क्षेत्रमा रहेका सवै विद्यालय बन्द गरी घटनामा संलग्न रहेका उपर कडा कारवाहीको माग गरेका छन्।

मृतक नाबालिकाका अभिभावकहरु सामान्य किराना पसले हुन्। आफ्नी छोरी उपर भएको जघन्य पशुवत व्यवहार पछिको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीका लागि जिल्लाका विभिन्न संघ संस्था एवं मानवअधिकारवादीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

उक्त विभत्स घटना पछि बालिकाको परिवार र टोल छिमेक शोकाकुल परेका छन्। यस्ता जघन्य घटनाका कारण बालिकाहरु असुरक्षित रहेकोमा स्थानीय सर्वसाधारण निकै त्रसित बनेका छन्।

यस अघि गत बुधवार पकडीको मर्थी नदीको तटमा ६ जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । सामुहिक बलात्कारमा संलग्न रहेका उपर कडा कारवाहीको माग गर्दै जिल्लाका विद्यार्थी संघ संगठनहरुले विरोध प्रदर्शन गर्दै दैनिक जसो धर्ना तथा प्रदर्शन गरिरहेका छन्। – अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन