2026-09-15 07:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

संविधान कार्यान्वयनका सवालमा नागरिक सम्वाद कार्यक्रम सम्पन्न

फागुन ५, कालिकोट । नेपालको संविधान २०७२ मा उल्लेखित राजैतिक दल तथा निर्वाचन सम्बन्धि कानुनका बारेमा कालिकोटका सरोकारवालाहरुले बहुविवाहका ब्यक्ति, सरकारी निकायको बाहलवाला कर्मचारी लगायतले राजनैतिक पार्टीको पदाधीकारी हुन नपाउने ब्यवस्था कानुनमा कडाईका साथ लागु गरिनु पर्ने धारणा राखेका छन् । 

नागरिक सम्वाद केन्द्र जुम्ला द्धारा आयोजित एक दिने नागरिक सम्बाद कार्यक्रममा बोल्दै कालिकोटका सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । संविधानको विशेषता तथा सुझाव संकलन गर्ने उद्देश्यले आज जिल्ला सदरमुकाम मान्मको सनलाईट होटलको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै कालिकोटका सरोकारवालाहरुले नेपालको संविधान २०७२ मा उल्लेख गरिएका निर्वाचन आयोग ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, मतदाता नामावली ऐन, राजनीतिक दल सम्बन्धि विधेयक, स्थानीय तहको निर्वाचन ऐनका बारेमा नागरिक सम्वाद केन्द्रले राखेका विषय माथि छलफल गर्दै कालिकोटका सरोकारवालाहरुले निर्वाचनको परिबेशलाईमात्र केन्द्रीत गरी क्षेणिक समयमा निश्चत ब्यक्ति बोलाएर कार्यक्रम संचालन अभियान गर्नु भन्दा यस्तो जागरण तथा जानकारी मुलक अभियान बिभिन्न निकाय मार्फत स्थानीय स्तरसम्म पुर्याउनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि राजैतिक दलहरुले नेपालमा चुनाबी प्रक्रिया राजनैतिक दलहरुको सहमती भन्दा माथि उठेर निर्वाचन आयोगको नीति र नियममा रही अगाडी बढाउनु पर्ने ब्यवस्था संविधानमा उल्लेख गरी कडाईका साथ लागु गर्नु पर्ने धारणा राखेका छन् ।

नेपाल बार एसोसियसनका जिल्ला संयोजक हिक्मत बहादुर विष्टको अध्यक्षता, पूर्व सभासद नमराज कोइरलाको प्रमुख आथित्यता, नागरिक सम्वाद केन्द्रका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमा थापा, अधिवक्ता दिपेन्द्र झा, नागरिक सम्वाद केन्द्रका श्रोत ब्यक्ति विमला केसीको आथित्यतामा आयोजित कार्यक्रममा सहभागिबाट आएका जिज्ञासा बारे श्रोत ब्यक्ति विमला केसीले प्रकाश पार्नु भएको छ । कार्यक्रममा जिल्लामा कृयाशिल राजनैतिक दल, पत्रकार, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको उपस्थिति हरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ