इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । 

ती सहरी सडक निर्मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । 

ती सहरी सडक निर्मा"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा सत्रवटा सडकको निर्माणकार्य सुरु

६ फाल्गुन २०७३, शुक्रबार ०६:१८

इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ । 

ती सहरी सडक निर्माणका लागि सडक कार्यालयमार्फत प्रत्येक सडकका लागि रु चारलाख २० हजारका दरले जम्मा रु ७१ लाख ४० हजार विनियोजन गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयप्रमुख तथा डिभिजनल इन्जिनियर शिवलाल दहालका अनुसार चालु आवमा निर्माण थालिएका ती सहरी सडकमा इलाम नगरपालिकाको सहरी सडक, माईपोखरीदेखि सातखाल्टे सडक, फिक्कल बजार सडक, सन्दकपुरदेखि कालपोखरी सडक, नयाँबजार सडक, आइतबारे बजार सडक, फिक्कल–गुप्ती –नयाँबजार सडक, सिंहबाहिनी–गोलबस्ती रिङरोड, देउमाई नगरपालिका सहरी सडक, केरखा–चुलाचुलीदेखि चपेटी–मधुमल्ला सडक रहेका छन् । 

त्यस्तै, अन्य सडकमा गजुरमुखीधाम–नावालुङ्ग–खड्कुले सडक, देउराली–एकतप्पादेखि गजुरमुखी–महमाई सडक, बाँझो गाविस–माङ्सेबुङ सडक, इलाम नगरपालिका–३ हुँदै पुवाखोला इन्टेक–साङ्रूम्बादेखि देउमाई नपा सडक, तीनघरे–शान्तिपुर बर्फल्याङ सातकटेरी सडक, घुरबिसे पञ्चमीदेखि इलामतिर पचेवा ठिङ्गेपुर–लुङसुङ्दाङ गाउँ हुँदै सिंहदेवी उच्च मावि आमचोकको सडक स्तरोन्नति र सूर्योदय नपा–९ इलाम दूध चिस्यान केन्द्रबाट सुदुङखोला सडक स्तरोन्नति र कजेनी गुम्बासम्म ट्र्याक सुधार रहेका छन् । 

कार्यालय प्रमुख दहालले यी सहरी सडक निर्माणका लागि ठेक्का लागिरहेको र केहीको कामसमेत अघि बढिसकेको बताउनुभयो । 

त्यसैगरी, फिक्कल अन्तुडाँडा सडकको छिरूवादेखि भञ्ज्याङसम्म कालोपत्र गर्न बाँकी रहेको भागमा यस आवमा कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको छ । सडक कार्यालयमार्पmत उक्त कामका लागि रु पाँच करोड १८ लाख ९२ हजार विनियोजन भएको छ । उक्त बाटोमा हालसालै मात्र छिरूवासम्म कालोपत्र गर्ने काम सम्पन्न भएको छ । 

त्यस्तै, सडक कार्यालयले मेची राजमार्गको माईखोलाबाट इलामपट्टिको भागमा रहेको सडक भासिने स्थानमा पुनस्र्थापनाको काम थालेको छ । चालु आर्थिक वर्षमा तीन करोड विनियोजन भएकामा ठेक्का प्रक्रियाबाट उक्त काम सुरु भएको पनि प्रमुख दहालले जानकारी दिनुभयो । 

त्यस स्थानमा सडकका तीन भागमा सडकमुनि दुईतहमा ३० फिटभन्दा लामा रड छिराएर ड्रिल गरी भित्रभित्रै सिमेन्टको ढलान हुन्छ । हाल काम थालिसकिएको र वर्षातअघि नै उक्त काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य