दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ । 

"/>

2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीति हेर्दा-हेर्दा रिंगटा लागिसक्यो: हरिवंश आचार्य


दलसिंह गिरी/फागुन ६, कालिकोट । नेपालमा राजनीति हेर्दा–हेर्दा रिंगटा लागिसकेको मह जोडीका बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बताउनु भएको छ । 

नेपालमा भैरहेको राजनैतिक खिचातानीको अवस्थालाई इंकितगर्दै बरिष्ट कलाकार आचार्यले यस्तो कुरा बताउनु भएको हो । सानिमा बैंक लिमिटेडको ४४ औं शाखा विस्तारको उद्घाटनका लागि कालिकोट आउनु भएका बरिष्ठ कलाकार आचार्यले अब देशमा राजनैतिक क्रान्ति हैन आर्थिक क्रान्तिको खाचो रहेको बताउनु भएको छ । नेपाल प्रकृतिको बर्दान र संसारकै स्वर्ग भएकाले अब नेपालभूमिमा आर्थिक क्रान्ति अगाडी बढाई समृद्ध नेपाल बनाउनु पर्ने बताउनु भएको छ ।

सानिमा बैकको शाखा उद्घाटन सत्रमा बोल्दै हास्य कलाकार आचार्यले जलश्रोतको भण्डार मानिने कर्नालीमा हाइड्रोपावर संचालनका लागि लगानी बढाउन सके सूर्य पूर्वबाट उदाउछ भन्ने धुर्बसत्य कुरा नेपालमा पश्चिमबाट उदायो भन्ने सन्देश फैलिने बताउनु भएको छ । कर्नालीमा नेपाल मात्र नभई यसियालाई नै झिलीमिली पार्न सक्ने हाइड्रोपावरको सम्भावना भएकाले अब कर्नालीबाट यस्तो सन्देश फैलाउन आवश्यक रहेको आचार्यले बताउनु छ ।

स्थापना कालको १३ बर्ष पछि कालिकोटमा ४४ शाखाको रुपमा विस्तार भएको सानिमा बैकको उद्घाटन सत्रमा सम्पूर्ण राजनैतिक दलको तर्फबाट बोल्दै एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही नेश्नलले कर्नालीमा लगानीको अथाह सम्भावना देखेर कर्नाली विकासको लागि लगानी विस्तार गर्ने वित्तिय संस्थाहरुको प्रयास स्वागत योग्य रहेको बताउदै अब यसलाई सिमित क्षेत्रमा मात्र नभै सम्भावना नै सम्भावना भएका दुरदराजका क्षेत्रमा समेत लगानीका हात फैलाउन आग्रह गर्नु भएको छ ।

सानिमा बैकका संचालक भरत कुमार पोखरेलको अध्यक्षता, बरिष्ट हस्यकलाकार एवं सानिमा बैकका ब्राण्डप्रबन्धक हरिवंश आचार्यको प्रमुख आथित्यता, सानिमा बैकका कार्यकारी अधिकृत भुवन दाहाल, युकेएड द्धारा प्रबन्धित सक्षम परियोजनाका निर्देशक बल्जित बोहोरा, कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारी लगायतको आथित्यतामा आयोजित बैक उद्घाटनसत्रमा बोल्दै सानिमाका संचालक भरत कुमार पोखरेलले सानिमा बैक वित्तिय लागानीमा सक्षम मात्र नभै सम्भावनाको खोजीमा पनि अब्बल रहेकाले सम्पूर्णको जिबन स्तर माथी उठाउन हातेमालो अभियान कर्नालीवासीको घर आगन मै आएको बताउनु भएको छ ।

कालिकोटमा ४४ औं शाखाको रुपमा विस्तार भएको सानिमा बैकको उद्घाटन मह जोडिका हास्य कलाकार हरिवंश आचार्यले रिबन काटेर उद्घाटन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ